आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मध्यपहाडी लोकमार्गको बाङ्गेचौर-उपल्लाचौर खण्ड स्तरोन्नति हुँदै

images
बिहीबार , चैत २८ २०८१
images
मध्यपहाडी लोकमार्गको बाङ्गेचौर-उपल्लाचौर खण्ड स्तरोन्नति हुँदै

एक दशक अगाडि निर्माण भएको यो खण्ड मापदण्डभन्दा साँघुरो हुँदा फराकिलो बनाइ कालोपत्र गर्न गर्न थालिएको हो।

images
images

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ बजार खण्डमा स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ।

images
images
images

एक दशक अगाडि निर्माण भएको यो खण्ड मापदण्डभन्दा साँघुरो हुँदा फराकिलो बनाइ कालोपत्र गर्न गर्न थालिएको हो। हाल करिब पाँच मिटर चौडा रहेको उक्त सडकलाई स्तरोन्नति गरी सात मिटर बनाइएको हो।

images
images

तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग आयोजनाले सडक डिभिजन कार्यालय बागलुङलाई सो सडक हस्तान्तरण गरेको थियो। बागलुङ नगरपालिका-१ बाङ्गेचौरबाट वडा नंं ४ को उपल्लाचौरसम्मको दुई किलोमिटर फराकिलो बनाई कालोपत्र गर्न थालिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए।

images
images

सडक स्तरोन्नतिका लागि रु छ करोड ७२ लाख ६५ हजारमा एचसीबिजिसीएस गोर्खा कम्पनीले जिम्मा पाएको उनको भनाइ छ। अहिले निर्माण कम्पनीले कामदार खटाएर धमाधम काम गरिरहेको लामिछानेले बताए। यस सडकखण्डलाई सात मिटर चौडाको ‘डबल लेन’ बनाइने उनको भनाइ छ। निर्माण कम्पनीले गत फागुनमा सडक स्तरोन्नतिका लागि सम्झौता गरेको र आगामी २०८२ भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने लामिछाने बताउँछन्।

'यो सडकखण्ड धेरै वर्ष अगाडि कालोपत्र भएको हो, भत्किएर साँघुरिएको थियो, केही समय अगाडि मात्र लोकमार्गले सडक डिभिजनलाई हस्तान्तरण गरेको थियो', सूचना अधिकारी लामिछानेले ने, 'निर्माण कम्पनीले काम सुरु भएको धेरै भएको छैन, छाटो समयमै १० प्रतिशत काम सकेको छ, अबको ६ महिनामा काम सक्नुपर्ने छ।'

सवारी चालक प्रेमनाथ कँडेलले यो सडक साँघुरो हुँदा दुर्घटनाको उच्च जोखिम भएको बताए। पहिला थोरै सवारीसाधन चल्ने उक्त सडकमा अहिले दैनिक जिल्लाको बुर्तिबाङ, गलकोटसहित म्याग्दी, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोटलगायत ठाउँ पुग्ने यातायात सञ्चालन हुँदा चाप बढेको कँडेलको भनाइ छ। साँघुरो सडकका कारण दोहोर गाडी ओहोरदोहोर गर्न समस्या भएको उनले बताए। स्तरोन्नतिपछि सहज हुने कँडेल बताउँछन्।

मध्यपहाडी लोकमार्ग बागलुङमा करिब १४० किलोमिटर पर्छ। त्यसमध्ये हालसम्म बिहुँ खण्डको करिब १२ किलोमिटरबाहेक अन्य सबै खण्ड कालोपत्र भइसकेको छ। बिहुँ खण्डमा पनि अहिले स्तरोन्नतिको काम भइरहेको छ। रासस


प्रकाशित : बिहीबार , चैत २८ २०८११५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend