आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

images
बिहीबार , चैत २८ २०८१
images
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ। हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन्।

images
images

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ। गएरातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।

images
images
images

हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उनले बताए।

images
images

'गए रातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, हिमपातले यस क्षेत्रमा चिसो एक्कासी बढेको छ', उनले भने।

images
images

साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ। हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन्।

स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन भएको छ। हिमपातसँगै पर्यटक होटलमा आश्रय लिएर बसेको अध्यक्ष लामाले बताए। लार्केपास पदमार्ग पूरै हिउँले ढाकेको छ। रासस


प्रकाशित : बिहीबार , चैत २८ २०८११२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend