नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो।
विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन्।
दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११:०० देखि ३:०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो। त्यसैगरी, आगामी बैशाख १ गतेदेखि १५ गतेसम्म राति ११:०० देखि बिहान ५:०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ। रासस