आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

भारतीय र नेपालकाे कृषि मन्त्रालयबीच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारी

images
बिहीबार , चैत २८ २०८१
images
भारतीय र नेपालकाे कृषि मन्त्रालयबीच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारी

दुवै मन्त्रीहरूबीच कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा र थप सहकार्यका लागि हुन सक्ने अवसरहरूबारे छलफल भएको थियो।

images
images

काठमाडौं- भारतीय र नेपालकाे कृषि मन्त्रालयबीच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारी भएको छ। कृषि तथा पशुपक्षीमन्त्री रामनाध अधिकारी र नेपाल भ्रमणमा आएका भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले चैत २७ मा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

images
images
images

उक्त सम्झौताले दुई देशबीच कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, बिरुवा संरक्षण र बजार पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जैविक खेती, जैविक मल र जैविक विषादी, पोष्टहार्भेष्टको व्यवस्थापन, जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

images
images

यस सम्झौताले मिति २०४८ मंसिर २० गते कृषि सहयोगका लागि दुई देशबीच हस्ताक्षर गरिएको समझदारीपत्रलाई प्रतिस्थापन गरेको छ।

images
images

भारतका कृषिमन्त्री चौहान नेपालले काठमाडौंमा आयोजना गरेको तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बीएएमएम) मा सहभागिता जनाउन चैत २६ मा नेपाल आएका थिए।

'कृषि र खाद्य सुरक्षा' बिमस्टेक सहयोगको मुख्य क्षेत्रहरू मध्यको एक हो। क्षेत्रीय कृषि सहयोगलाई आकार दिन सर्वोच्च निर्णय लिने निकायको रुपमा रहेको बीएएमएमको यो तेस्रो बैठक थियो। बीएएमएमको पहिलो बैठक २०७६ असार २७ गते म्यानमारमा भएको थियो र त्यसपछिको दोस्रो बीएएमएमको बैठक २०७९ कात्तिक २४ गते भारतमा सम्पन्न भएको थियो।

नेपालमा भएको तेस्रो बीएएमएम बैठकमा कृषिमन्त्रीहरूले मत्स्यपालन र पशुपक्षी सहयोगसहित बिमस्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने तरिका र माध्यमहरूमा छलफल गरेका छन्।

भ्रमणको क्रममा चैत २७ गते भारतका ग्रामीण विकासमन्त्रीले आफ्ना समकक्षी मन्त्री अधिकारीसँग द्विपक्षीय बैठक पनि गरेका थिए। उनले तेस्रो बीएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकोमा आफ्ना समकक्षीलाई बधाई दिए। दुवै मन्त्रीहरूबीच कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा र थप सहकार्यका लागि हुन सक्ने अवसरहरूबारे छलफल भएको थियो।

भारतका ग्रामीण विकासमन्त्री चौहातले चैत २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा कृषिका विभिन्न क्षेत्रहरूमा भारत-नेपाल सहयोगलाई थप सुदृढ पार्ने लगायतका विषयमा छलफल भएको थियो। 


प्रकाशित : बिहीबार , चैत २८ २०८११२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend