आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बौदीकालीमा बल्ल पुग्यो बिजुली

images
बुधबार, चैत २७ २०८१
images
बौदीकालीमा बल्ल पुग्यो बिजुली

तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो। पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन्।

images
images

नवलपरासी- नवलपुरको पहाडी गाउँपालिका बौदीकाली-५, ववकमा बल्ल बिजुली पुगेको छ। तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो।

images
images
images

पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन्। लामो समय अन्धकारमा बस्दै आएकामा अब भने गाउँ नै उज्यालो हुने बौदीकाली-५, ववकका गेषबहादुर रानाले बताए।

images
images

बौदीकाली-५, ववकअन्तर्गत यहाँका अर्खलाथर, चितौरेथर, लुङ्गेलीथर, बोझाजी, हर्वले, बेसारडाँडाका करिब दुईसय परिवार विद्युतबाट लाभान्वित हुनेछन्।

images
images

विद्युत् नपुग्दा टुकीको भरमा बस्नुपर्ने बाध्यता थियो। बिजुली पुगेसँगै विकासका अन्य सम्भावनाका ढोका खुल्ने अपेक्षा गरिएको उनले बताए। अहिले विद्युत् मिटर जडानका लागि आवेदन दिएका घरमा मिटर जडानको काम भइरहेको छ।

उज्यालो बौदीकाली कार्यक्रमअन्तर्गत ववकमा बिजुली बालिएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए। पालिकाले उज्यालो बौदीकाली कार्यक्रममार्फत सर्भिस केवलमा लागत साझेदारी र मिटर बक्समा शतप्रतिशत अनुदान उपलब्ध गराएको उनले बताए।

'अहिलेको समयमा समेत अन्धकारमा बस्नुपर्ने बाध्यता थियो, त्यही भएर विद्युतीकरणका लागि बजेट विनियोजन गर्‍यौँ। अहिले ववकमा बिजुली बाल्न सफल भएका छौँ', गाउँपालिका अध्यक्ष ओझाले भने।

गाउँपालिका भित्रका चार वडामा विद्युत् नपुगेको अवस्थामा वडा नम्बर ३ र ४ मा यसअघि विद्युतीकरण गरिएको अध्यक्ष ओझाले बताए। अहिले वडा नम्बर-५, ववकमा विद्युतीकरण भएको र वडा नम्बर-६, नरममा समेत छिट्टै विद्युत् पुर्‍याइने उनले बताए। बुलिङटारको बोझा पोखरीमा विद्युत् सबस्टेसन निर्माण भएपछि जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहज भएको हो। रासस


प्रकाशित : बुधबार, चैत २७ २०८११७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend