आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

१ अर्ब २५ करोड लगानीमा पोखरामा खुल्यो टेम्पल बेल बुटिक होटल

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २७ २०८१
images
१ अर्ब २५ करोड लगानीमा पोखरामा खुल्यो टेम्पल बेल बुटिक होटल

होटलमा नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ। पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मियता र मौलिकता प्रदान गर्ने विश्वास लिइएको छ।

images
images

पोखरा- पर्यटन राजधानी पोखराको लेकसाइडमा १ अर्ब २५ करोड रुपैयाँको लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ।

images
images
images

पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो। 

images
images

नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए।

images
images

पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे। 

होटलमा नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ। पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मियता र मौलिकता प्रदान गर्ने विश्वास लिइएको छ।

आधुनिक डिजाइनमा निर्माण भएको होटलमा अण्डर ग्राउण्डसहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा उपलब्ध छ। 

करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा दुई वटा इन्टरकनेक्टेड ब्लकहरू, ५५ वटा रुमका साथै स्वीमिङ पुल, स्पा, सम्मेलन हल, बार, रेस्टुरेण्टलगायतका सुविधा छन्। ग्रुपले अहिले एक सय ५० जनालाई रोजगारी दिएको छ। रासस


प्रकाशित : बुधबार, चैत २७ २०८१०९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend