शनिबार, साउन ३ गते २०८२    
शनिबार, साउन ३ २०८२
images
images

देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २७ २०८१
images
images
देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

images

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ।

images
images

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

images
images

त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ।

images
images
images

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। रासस


प्रकाशित : बुधबार, चैत २७ २०८१०९:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend