शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

अमेरिकामा बिक्री हुने फोर्ड र जनरल मोटर्सकै सबै कार अमेरिकामा बन्दैनन्, कुन ब्रान्डको कति कार बन्छन्?

ट्रम्पको कर नीतिबाट अमेरिकी कम्पनी नै प्रभावित

images
मंगलबार, चैत २६ २०८१
images
अमेरिकामा बिक्री हुने फोर्ड र जनरल मोटर्सकै सबै कार अमेरिकामा बन्दैनन्, कुन ब्रान्डको कति कार बन्छन्?

टेस्लाले सबै कार अमेरिकामा उत्पादन गर्नेमात्र होइन ६० देखि ७० प्रतिशत पार्टपूर्जासमेत स्थानीय रुपमै आपूर्ति गर्छ। फोर्ड, जनर मोटर्स र सटेलेन्टिसगरी प्रमुख तीन कार उत्पादकको अवस्था भने टेस्लाको जस्तो छैन।

images
images

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागु गरेको नयाँ कर नीति अप्रिल ३ बाट कार्यान्वयनमा आइसकेको छ। उक्त कर नीतिले संसारभर तरंग ल्याएको छ। यसलाई धेरै देशले व्यापार युद्धको घोषणाका रुपमा लिएका छन्। 

images
images
images

ट्रम्पको कर नीतिले अन्य देशलाई त प्रभावित पारेको छ नै अमेरिकी कम्पनीहरूलाई नै पनि प्रभावित पार्ने देखिएको छ। त्यसमा अमेरिकी सवारी उत्पादक कम्पनीहरू प्रत्यक्ष रुपमा प्रभावित हुने देखिएको छ। मुख्य अमेरिकी सवारी उत्पादक कम्पनी फोर्ड र जनरल मोटर्सलाई नै नयाँ कर नीतिले अप्ठेरो पार्ने छ। 

images
images

अमेरिकामा बिक्री हुने जनरल मोटर्स र फोर्डका सबै कार अमेरिकामै उत्पादन हुँदैनन्। फोर्डले अमेरिकामा बिक्री गर्ने कुल कारमध्ये ७७ प्रतिशतमात्र अमेरिकामा बनाउँछ।

images
images

त्यस्तै अर्को अमेरिकी कम्पनी जनरल मोसर्टले अमेरिकामा बिक्री हुने कुल कार मध्ये ५२ प्रतिशतमात्र त्यहाँ बनाउँछ भने बाँकी अन्य देशमा बनाएर आयात गर्दै आएको २०२४ को तथ्यांकले देखाएको भिजुअल क्यापिटालिस्टले लेखेको छ। 

२०२५ मा अटोमोबाइल उत्पादन मात्र नभइ यसको समग्र सप्लाइ चेन नै प्रभावित हुने अनुमान गरिएको छ। मेक्सिको र क्याडनाबाट सबैभन्दा धेरै कार अमेरिका भित्रिने भएकाले त्यहाँको सप्लाइ चेनमा अमेरिकी कार उद्योग केही हदसम्म निर्भर रहेको छ। अमेरिकीसहित अमेरिकामै कार उत्पादन गर्ने अन्य कम्पनीलाई यसले प्रत्यक्ष प्रभाव पार्नेछ। 

२०२४ मा अमेरिकामा बिक्री भएका मध्ये कुन कार उत्पादकले कति कार अमेरिकामै बनाएर र कति कार आयात गरे भन्ने. बारेमा द इकोनोमिस्टको तथ्यांकका आधारमा उल्लेख गरिएको छ। अमेरिकामा बिक्री हुने सबै कार अमेरिकामै उत्पादन गर्ने एउटा मात्र कम्पनी टेस्ला हो। 

टेस्लाले सबै कार अमेरिकामा उत्पादन गर्नेमात्र होइन ६० देखि ७० प्रतिशत पार्टपूर्जासमेत स्थानीय रुपमै आपूर्ति गर्छ। फोर्ड, जनर मोटर्स र सटेलेन्टिसगरी प्रमुख तीन कार उत्पादकको अवस्था भने टेस्लाको जस्तो छैन। 

यी तीन प्रमुख कार उत्पादक कम्पनीले अमेरिकामा बिक्री गर्ने कार मध्ये २५ देखि ३३ प्रतिशत अमेरिकाभन्दा बाहिर क्यानडा वा मेक्सिको अथवा त्योभन्दा बाहेकको देशबाट आयात गरेर बिक्री गर्दै आएका छन्। अमेरिकामै उत्पादन हुने कारमा पनि पार्टस भने अन्यत्रबाट धेरै आयात गर्नुपर्ने बाध्यतामा यी कम्पनी छन्। 

यस्तो छ अमेरिकामा कार बिक्री गर्ने कम्पनीले त्यही उत्पादन गर्ने र आयात गरेर बिक्री गर्ने कारको हिस्सा : 

टेस्ला- अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्लाले अमेरिकामा बिक्री गर्ने सतप्रतिशत कार अमेरिकामै उत्पादन गर्छ। २०२४ मा सबै कार अमेरिकामै बनाएर बिक्री गर्ने टेस्ला एउटामात्रै कम्पनीसमेत हो। 

फोर्ड- फोर्ड पनि अमेरिकी कार उत्पादक कम्पनी हो। फोर्डले २०२४ मा अमेरिकामा बिक्री गरेका मध्ये ७७ प्रतिशत अमेरिकामै उत्पादन गरेको हो। बाँकीमध्ये २१ प्रतिशत क्यानडा र मेक्सिकोबाट आयात गरेको हो भने २ प्रतिशत अन्य देशबाट आयात गरेर बिक्री गरेको हो। 

स्टेलेन्टिस- स्टेलेन्टिस ग्रुपमा अमेरिकी कार उत्पादन कम्पनी पनि छन्। स्टेलेन्टिसले ५७ प्रतिशत कार अमेरिकामै बनाएको हो भने ३९ प्रतिशत क्यानडा र मेक्सिको तथा ४ प्रतिशत कार अन्यत्रबाट आयात गरेर बिक्री गरेको हो। 

निसान- जापानी कार उत्पादक कम्पनी निसानले २०२४ मा अमेरिकामा बिक्री भएको कार मध्ये ५२ प्रतिशत त्यहीँ उत्पादन गरेको हो। त्यस्तै ३१ प्रतिशत क्यानडा र मेक्सिकोबाट तथा १७ प्रतिशत अन्य देशबाट आयात गरेर बिक्री गरेको थियो। 

जनरल मोटर्स- जनरल मोटर्स अमेरिकी कार उत्पादक कम्पनी हो। जीएमले २०२४ मा अमेरिकामा बिक्री गरेका कार मध्ये ५२ प्रतिशतमात्रै अमेरिकामा उत्पादन गरेको हो। बाँकी मध्ये ३० प्रतिशत क्यानडा र मेक्सिकोमा तथा १८ प्रतिशत कार अन्य देशबाट आयात गरेर बिक्री गरेको हो। 

टोयोटा- संख्याका आधारमा विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने टोयोटा जापानी कम्पनी हो। टोयोटाले २०२४ मा अमेरिकामा बिक्री गरेको कुल कारमध्ये ४८ प्रतिशत अमेरिकामै बनाएको हो। त्यस्तै २७ प्रतिशत क्यानडा र मेक्सिकोमा बनाएको हो भने २५ प्रतिशत अन्य देशबाट आयात गरेर बिक्री गरेको थियो। 

हुन्डाई तथा किया- हुन्डाई तथा किया कोरियाली कार उत्पादक कम्पनी हुन्। यी दुई कम्पनीले २०२४ मा अमेरिकामा बिक्री गरेका कुल कार मध्ये ३३ प्रतिशत अमेरिकामै उत्पादन गरेका हुन्। बाँकी मध्ये ८ प्रतिशत क्यानडा र मेक्सिकोमा तथा ५९ प्रतिशत अन्य देशबाट आयात गरेर बिक्री गरेको हुन्। 

फक्सवागन- फक्सवागन जर्मन कार उत्पादन कम्पनी हो। फक्सवागनले २०२४ मा अमेरिकामा बिक्री गरेका कुल कार मध्ये २१ प्रतिशतमात्रै अमेरिकामा उत्पादन गरेको हो। बाँकी रहेको ४३ प्रतिशत क्यानडा र मेक्सिको तथा ३६ प्रतिशत अन्य देशबाट आयात गरेर बिक्री गरेको थियो। 

यस्तो तथ्यांक रहेको अवस्थामा कार आयात गरेर अमेरिकामा बिक्री गर्ने कम्पनीहरूको बिक्री संख्या प्रभावित हुन सक्छ। ट्रम्पले आयातिक कार तथा कारका पार्टपुर्जामा २५ प्रतिशत नयाँ कर लगाएका छन्।

यसका साथै अमेरिकामै कार उत्पादन गर्नेहरूले पनि त्यसको पार्टपूर्जा अन्यत्रबाट लैजानु पर्ने भएकाले कर वृद्धिको असर समग्र अमेरिकी अटो उद्योगमै पर्ने निश्चित छ। 


प्रकाशित : मंगलबार, चैत २६ २०८११०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend