शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

लुम्बिनी प्रदेशमा चारसयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण

images
सोमबार, चैत २५ २०८१
images
लुम्बिनी प्रदेशमा चारसयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण

लुम्बिनी प्रदेशमा ५५ प्रतिशत भू-भागमा सिँचाइ सुविधा विस्तार भएको प्रदेश सरकारले जनाएको छ। कुल सिँचाइयोग्य जमिनमध्ये ३३ प्रतिशत भू-भागमा मात्र बाह्रै महिना सिँचाइ सेवा उपलब्ध रहेको छ।

images
images

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन्। 

images
images
images

ती सिँचाइ आयोजनामा पक्की नहर तथा कुलो निर्माणतर्फ पनि उल्लेखनीय प्रगति देखिएको छ। हालसम्म ८३२ किलोमिटर पक्की नहर निर्माण सम्पन्न भएका छन्। लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत १०७ वटा आयोजना सञ्चालनमा छन्। जसमा चालु आर्थिक वर्षमा दुईवटा नयाँ योजना थपिएका छन्।

images
images

सिँचाइ पहुँच विस्तारका लागि स्यालो र डिप ट्युबवेल जडानमा समेत जोड दिइएको छ। अहिलेसम्म ७५९ वटा स्यालो ट्युबवेल र २३२ वटा डिप ट्युबवेल जडान भइसकेका छन्। पम्प हाउसको सङ्ख्या ३८६ पुगेको छ भने सिँचाइ प्रयोजनका लागि ८२ वटा आयोजना विद्युतीकरण गरिएका छन्। पाइपलाइन विस्तार कार्यअन्तर्गत ७४७ किलोमिटर पाइपलाइन बिछ्याइएको मन्त्रालयले जनाएको छ।

images
images

प्रदेशभर थप २१ हजार ५५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइएको छ भने ७३ हजार ७६८ हेक्टर क्षेत्रमा सिँचाइ संरचनाको सुदृढीकरण गरिएको छ। नदी नियन्त्रणतर्फ २११ किलोमिटर तटबन्ध निर्माण भइसकेको छ, जसबाट दुई हजार ६३२ हेक्टर जमिन उकासिएको तथा १४ हजार ११९ हेक्टर जमिन र १७ हजार ४९८ घरधुरी सुरक्षित गरिएको छ।

५५ प्रतिशत भू-भागमा सिँचाइ सुविधा विस्तार

लुम्बिनी प्रदेशमा ५५ प्रतिशत भू-भागमा सिँचाइ सुविधा विस्तार भएको प्रदेश सरकारले जनाएको छ। कुल सिँचाइयोग्य जमिनमध्ये ३३ प्रतिशत भू-भागमा मात्र बाह्रै महिना सिँचाइ सेवा उपलब्ध रहेको छ।

प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कृषिमा उत्पादन वृद्धि गर्दै आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गर्ने दीर्घकालीन सोचअनुरूप सिँचाइ पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। मन्त्रालयअन्तर्गत सिँचाइ पूर्वाधार निर्माण, जलस्रोतको संरक्षण तथा प्रकोप व्यवस्थापनसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।

प्रमुख योजनाहरूअन्तर्गत दाङ जिल्लाका लागि प्रगन्ना सिँचाइ योजना र कपिलवस्तुको बाणगंगा सिँचाइ योजना सञ्चालनमा छन्। यिनको व्यवस्थापन र मर्मतका लागि छुट्टाछुट्टै सिँचाइ व्यवस्थापन कार्यालय स्थापना गरिएको छ। प्रदेश सरकारले सिँचाइ पूर्वाधार सुदृढीकरणमार्फत कृषि उत्पादकत्व वृद्धि, खाद्य सुरक्षाको स्थायित्व र वातावरणीय दिगोपनाको लक्ष्य लिएको स्पष्ट पारेको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइमा उत्पन्न भएको पानीको संकट समाधानका लागि वैकल्पिक उपायहरू अभ्यासमा ल्याउन सकिने बताएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लुम्बिनी प्रदेशले सिँचाइ दिवस २०८१ को अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पोखरी निर्माण गरी वर्षाको पानी संकलन गरेर सिँचाइ तथा खानेपानी दुवैमा उपयोग गर्न सकिने योजना अघि बढाउँदा पानीको समस्या समाधान गर्न सकिने उल्लेख गरे।

मुख्यमन्त्री आचार्यले पानीका स्रोतको संरक्षण र मितव्ययी प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै जमिनमुनि र सतह दुवै तहको पानीको स्रोत क्रमशः घट्दै गएकाले सिँचाइ आयोजनासमेत रुग्ण अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले प्रदेश सरकारले सिँचाइ आयोजनातर्फ पर्याप्त बजेट विनियोजन गरी आयोजना निर्माणका कामलाई अगाडि बढाएको बताइन्। रासस


प्रकाशित : सोमबार, चैत २५ २०८११६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend