आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले चितवनमा निर्माण गर्ने शीतभण्डारमा १ अर्ब २७ करोड रुपैयाँ लगानीको प्रतिवद्धता

एग्रीवास्तु कोल्ड स्टोरेज दर्ता, ५० हजार मेट्रिकटन क्षमता

images
बुधबार, चैत २७ २०८१
images
मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले चितवनमा निर्माण गर्ने शीतभण्डारमा १ अर्ब २७ करोड रुपैयाँ लगानीको प्रतिवद्धता
images
images

काठमाडौं- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग उमेश श्रेष्ठको साझेदारीमा निर्माण हुन लागेको शीतभण्डारमा १ अर्ब २७ करोड रूपैयाँ लगानीको प्रतिवद्धता गरिएको छ। त्यसका दुई व्यवसायी मिलेर एग्रीवास्तु कोल्ड स्टोरेज् प्रालि दर्ता गरेका छन्।

images
images
images

चितवनको रत्ननगरमा नेपालकै ठूलो शीतभण्डारसहितको भाटभटेनी मल्टिप्लेक्स निर्माणका लागि गत असार २७ मै शिलान्याससमेत भइसकेको छ।

images
images

देशभर सुपरस्टोर विस्तार गरिरहेको भाटभटेनीले चितवनमा निर्माण गर्न लागेको यो मल्टिप्लेक्स भिन्नखालको रहने जनाएको छ। यसमा अत्याधुनिक शीतभण्डार पनि हुने छ।

images
images

भण्डारण गर्न मिल्ने हरियो तरकारी तथा फलफूललाई बजारीकरण गर्ने तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनका लागि भन्दै यो शीतभण्डार निर्माण गर्न लागिएको हो। ५० हजार टन क्षमतामा निर्माण हुने मल्टीप्लेक्स शीतभण्डारमा ५४ जनाले रोजगारीसमेत पाउने छन्।

शीतभण्डा अहिले विश्वमा उपलब्ध उत्कृष्ट प्रविधिसहितको हुने दाबी गरिएको छ। यो शीतभण्डारणबाट अहिले अरु स्टोरमा पनि आपूर्ति हुने र क्रमश: देशका मुख्य सहरमा भएका स्टोरमा पनि त्यसैअनुसार निर्माण गर्दै जाने गुरुङको योजना रहेको छ।

उपयुक्त शीतभण्डार नहुँदा बेमौसममा फलफूल तथा तरकारी विदेशबाट ल्याउनुपर्ने र सिजनमा किसानले फाल्नुपर्ने अवस्था रहेको छ। उपयुक्त मूल्य, सदाबहार बजारको ग्यारेन्टी नहुँदा किसानहरू उत्पादनमा पनि आकर्षित भएका छैनन्। यही उत्पादन श्रृंखलालाई पूरा गर्ने योजनामा भाटभटेनीसँग व्यवसायी उमेश श्रेष्ठ पनि जोडिएका छन्।

कृषि उत्पादनलाई बजारको समस्या नहोस् साथै बेमौसममा पनि बिक्री गर्न सकियोस् भन्ने हेतुले मीनबहादुर र उमेशले ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ खोल्न लागेका हुन्। विशेष गरी शित भण्डार (कोल्ड स्टोर) को वातावरण उचित र उपयुक्त बनाइराख्न सकिने र त्यसलाई तलमाथि गर्न सकिने प्रविधिमा आधारित रहेर निर्माण हुने श्रेष्ठले बताए।

नेपालमा स्थानीय तहहरूमा बनाइएका कतिपय कोल्ड स्टोरमा राखिएका उत्पादन नै बिग्रने समस्या बढिरहेको अवस्थामा उनीहरूले विशेष प्रविधियुक्त उच्चस्तरीय काम होस् भन्नेमा ध्यान दिइरहेका छन्।

शिक्षा, स्वास्थ्य, जलविद्युतमा लगानी गरिरहेका उद्योगी उमेश श्रेष्ठले पछिल्लो समय कृषि उत्पादनमा पनि कामहरू गरिरहेका छन्। कृषि उत्पादनलाई उपभोक्तासँग जोडेर बजारसम्म पुर्‍याउनका लागि भाटभटेनी स्टोरमार्फत सहज हुने भएकाले यसमा मीनबहादुर गुरुङ पनि सँगै जोडिएका हुन्। ‘हाल देशभर भएका चिस्यान केन्द्रहरू राम्रो नहुँदा त्यहाँ राखिएका उत्पादन छिटो बिग्रने भइरहेको छ, सोही कारण हामीले नमूना कोल्ड स्टोरहरू निर्माण गर्न खोजेका हौँ,’ उद्योगी श्रेष्ठले भने।

ग्रिडिङ, लेबलिङ, प्याकिङ पनि सोही ठाउँमा गर्नेगरी ठूलो स्केलमा काम सुरु गर्न लागिएको श्रेष्ठले बताए। चिवतनमा उत्पादन हुने केराले बजार नपाएर खेर गएको र कृषकले उचित मूल्य नपाएको देखेर पहिलो चरणमा चितवनमा काम गर्न लागेको उनले बताए। चितवन तरकारी र फलफूल उत्पादनमा पनि अग्रणि नै रहेको छ।

भण्डार गरिएका कृषि उत्पादन भाटभटेनीका देशभर रहेका विभिन्न २७ स्टोरबाट बेमौसममा पनि बिक्री गरिने योजना उनीहरूले बनाएका छन्। जसका कारण भारतबाट हुने आयातलाई समेत निरुत्साहित गर्न सकिने र उपभोक्तालाई सस्तो मूल्यमा स्तरीय उत्पादन मिल्ने उनीहरू बताउँछन्। जसमा कृषकले समेत राम्रो मूल्य पाउने छन्। उत्पादन खेर जाने समस्या समाधान हुँदा कृषिका लागि ठूलो योगदान हुनेछ।

पहिलो चरणमा चितवनमा निर्माण गरेसँगै जनकपुर, भैरहवा, नेपालगञ्ज र इटहरीमा पनि ५० हजार मेट्रिकटन क्षमताका कोल्ड स्टोर निर्माण गर्ने योजना रहेको श्रेष्ठ बताउँछन्। ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’मा एउटा कृषि उपज अर्कोसँग नछुवाइ राखिने छ। सबैका लागि छुट्टाछुट्टै चेम्बरहरू हुने छ। उचित आद्रता र तापक्रम मिलाएर आवश्यकताअनुसार तलमाथि गर्न सकिनेगरी राखिने छ।

नेपालमा कुनै पनि कृषि उत्पादन बढी भएर सस्तोमा बिक्री गर्न नपर्नेगरी केही महिनादेखि एक वर्षसम्म पनि कोल्ड स्टोरमा राख्न सकिने छ। उनीहरूले भाटभटेनीसँगै आवश्यकताअनुसार अन्‍य स्टोरमार्फत पनि बजारमा पठाउने योजना बनाएका छन्।


प्रकाशित : बुधबार, चैत २७ २०८११५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend