शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

खेतीमा यन्त्रको प्रयोग बढाउँदै दाङका किसान

images
आइतबार, चैत २४ २०८१
images
खेतीमा यन्त्रको प्रयोग बढाउँदै दाङका किसान

दाङका अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली लगाउने र भित्र्याउने गरेका छन्।

images
images

दाङ- यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ। किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन्। अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन्। 

images
images
images

घोराही उपमहानगरपालिका-६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गरेका छन्। उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन्।

images
images

'खेतबारीमा काम गर्ने खेताला पाइँदैन, यन्त्रको सहायताले खेती गर्न सजिलो भएको छ। तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको हुँ।' थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उनले बताए। यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको उनी बताउँछन्।

images
images

घोराही-१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर जौ, गहुँ र तोरी दाए। 'खेताला लगाउँदा चार-पाँच दिन लाग्थ्यो अब थ्रेसरको सहायताले सजिलो भएको छ। थ्रेसरका माध्यमबाट कम समयमा धेरै काम हुने भएकाले किसानलाई राहत मिलेको छ', उनले भने।। 

घोराही उपमहानगरपालिकाले हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन, सिँचाइका उपकरण अनुदानमा वितरण गर्दै आएको नगरप्रमुख नरुलाल चौधरले बताए। उनले भने, 'मागका आधारमा थ्रेसरलगायत उपकरण पालिकाले आधा सुविधामा वितरण गर्दै आएको छ।' रासस


प्रकाशित : आइतबार, चैत २४ २०८११४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend