सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण

images
शनिबार, चैत २३ २०८१
images
नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण

गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब पाँच वटा पुल मात्र निर्माणको काम बाँकी छ।

images
images

त्रिवेणी- नारायणगढ-बुटवल सडक विस्तार योजनाअन्तर्गत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ।

images
images
images

योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ-बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए।

images
images

गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब पाँच वटा पुल मात्र निर्माणको काम बाँकी छ। यस खण्डमा २५ मिटर लम्बाइ सम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा छोटा सबै पुल निर्माणको काम सकिएको छ।

images
images

लामो पुलमा जय श्री र बेल्डियाका दुई वटा पुलमा ढलानको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए। यी पुलहरू केही दिनमा ढलानको काम हुनेछन्। ढलान भएका लामा पुल केही सञ्चालनमा आएको र बाँकी रहेका पुलसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए।

दुईसय मिटरभन्दा लामा पुल गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुल निर्माणको कामसमेत अघि बढिरहेको छ। ती पुलमध्ये दुम्किबासमा रहेको विनयी खोलाको पुरानो पुल भाँचिएको कारण अहिले उक्त स्थानका नयाँ पुल निर्माण गर्न लागिएको छ।

विनयी खोलामा अहिले सवारी डाइभर्सनबाट सञ्चालनमा रहेको र पानी परे समस्या हुनसक्ने भएकाले नयाँ पुल निर्माणलाई प्राथमिकता दिइएको उनले बताए। 'दुई सय मिटर लामा तीन वटा पुलमध्ये विनयी खोलामाथि निर्माण हुन लागेको पुल निर्माणमा केन्द्रित छौँ, उक्त स्थानमा पुरानो पुल भाँचिएकाले नयाँ पुल चाँडै निर्माण गर्न लागेका छौँ, ढिलोमा जेठ पहिलो हप्तामा नयाँ पुलको काम सकेर सवारी चलाउने लक्ष्य छ', सूचना अधिकारी खनालले भने।

विनयी खोलाको चार वटा स्पानमा काम गर्न बाँकी रहेको उनको भनाइ छ। त्यसका लागि बिमहरू तयार भएकाले लगेर राख्ने र लगत्तै ढलानको तयारी गरिने सूचना अधिकारी खनालले बताए।

उनका अनुसार यो आर्थिक वर्षमा चोरमारामा रहेको गिरुवारी खोला र अरुणखोलाको पुल बाहेक सबै पुल निर्माण सम्पन्न हुनेछन्। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ-बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले गरिरहेको छ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो। यस अवधिमा समेत काम सम्पन्न भएपछि गत  साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ। यस अवधिमासमेत काम सकिने अवस्था लगभग टरेको छ। 

एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर  चार लेन, २९ किलोमिटरमा चार  लेनसहित दुवैतर्फ छ/छ मिटरको ‘सर्भिस लेन’ हुनेछ। दाउन्नेमा १४ किलोमिटर  तीन लेनको सडक हुनेछ। 


प्रकाशित : शनिबार, चैत २३ २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend