बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

नेपाली र भारतीय सेनाको कञ्‍चनजंघा हिमाल आरोहण अभियानको 'फ्ल्याग अफ सेरेमोनी' सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २१ २०८१
नेपाली र भारतीय सेनाको कञ्‍चनजंघा हिमाल आरोहण अभियानको 'फ्ल्याग अफ सेरेमोनी' सम्पन्न

काठमाडौं- नेपाली सेना र भारतीय सेनाको संयुक्त सहभागितामा सन् २०२५ को अप्रिल-मे महिनामा हुने कञ्‍चनजंघा हिमाल आरोहण अभियानको आज भारतको नयाँ दिल्लीमा फ्ल्याग अफ सेरेमोनी सम्पन्न भएको छ। 

भारतका रक्षामन्त्री राजनाथ सिंहले दुवै पक्षका टोली प्रमुखलाई संयुक्त रूपमा झण्डा हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा नेपाली सेनाको तर्फबाट सैनिक तालिम महानिर्देशक उपरथी ध्रुव प्रकाश शाह उपस्थित थिए। यस संयुक्त हिमाल आरोहण अभियानको फ्ल्याग इन सेरेमोनी काठमाडौंमा सञ्चालन हुने कार्यक्रम रहेको छ।

समारोहमा भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलगायत भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्मा तथा सैनिक सहचारीको समेत उपस्थिति रहेको थियो। 


प्रकाशित : बिहीबार , चैत २१ २०८११८:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend