सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

विभिन्न कार्यक्रम गरी कुमारी बैंकले मनायो २४औँ वार्षिकोत्सव

images
बिहीबार , चैत २१ २०८१
images
विभिन्न कार्यक्रम गरी कुमारी बैंकले मनायो २४औँ वार्षिकोत्सव

आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको बैंकले जनाएको छ।

images
images

काठमाडौं- कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ।

images
images
images

यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकहरुको सहयोग तथा विश्वासप्रति आभार व्यक्त गरेको छ।

images
images

आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ तथा वित्तीय सेवासुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको बैंकले जनाएको छ।

images
images

विविध सांस्कृतिक परम्परालाई अँगाल्दै बैंकले आफ्नो कार्यक्षेत्रमा 'विविधतामा एकता' लाई जोड दिएको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानहरुबाट रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। यसले स्थानीयस्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ। 

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , चैत २१ २०८११६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend