बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

बैतडीको नेपाल-भारत सीमा क्षेत्र खैरानीघाटसम्म बन्यो सडक

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १९ २०८१
images
images
बैतडीको नेपाल-भारत सीमा क्षेत्र खैरानीघाटसम्म बन्यो सडक

सडक बनेपछि खैरानीघाटदेखि गाउँपालिका केन्द्रसम्म पुग्न सहज भएको छ। गाउँपालिकाको खाल, बस्कोटी, शर्मालीलगायत गाउँ यो सडक सञ्जालमा जोडिएका छन्।

images
images

बैतडी- बैतडीको शिवनाथ गाउँपालिका-२ को महाकाली नदी किनारसँग जोडिएको नेपाल-भारत सीमा क्षेत्र खैरानीघाटसम्म सडक निर्माण गरिएको छ। 

images
images

गाउँपालिकाको केन्द्र सुल्लेखानदेखि महाकाली नदी किनार खैरानीघाटसम्म कच्ची सडक निर्माण गरिएको हो। शिवनाथ गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।

images
images

गाउँपालिका र प्रदेश सरकारको ८० लाख रुपैयाँभन्दा बढीको लगानीमा करिब १६ किलोमिटर सडक निर्माण गरिएको उनले बताए। 

images
images

अध्यक्ष साउदले भने, 'स्थानीयको माग र आवश्यकताका आधारमा तीन वर्षदेखि निर्माण सुरु गरिएको सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। सडक निर्माणले नदीजन्य सामग्री ल्याउन र ग्रामीण क्षेत्रका कृषिउपजलाई बजारमा पुर्‍याउन सहज भएको छ।'

सडक बनेपछि खैरानीघाटदेखि गाउँपालिका केन्द्रसम्म पुग्न सहज भएको छ। गाउँपालिकाको खाल, बस्कोटी, शर्मालीलगायत गाउँ यो सडक सञ्जालमा जोडिएका छन्। रासस


प्रकाशित : मंगलबार, चैत १९ २०८१११:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend