बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

विद्युत आपूर्ति सहज हुँदा उद्योगी उत्साहित, लागत घटेसँगै डण्डी र सिमेन्टको मूल्य घटाउने तयारी

images
मंगलबार, चैत १९ २०८१
images
images
विद्युत आपूर्ति सहज हुँदा उद्योगी उत्साहित, लागत घटेसँगै डण्डी र सिमेन्टको मूल्य घटाउने तयारी
images
images

काठमाडौं- भारतले रातको समयमा पनि पाँच घण्टा विद्युत दिन थालेसँगै उद्योगमा पनि २४ सै घण्टा विद्युत आपूर्ति सुरू भएको छ। जसले उद्योगीहरू उत्साही भएका छन्।

images
images

विद्युतका कारण यसअघि डण्डी र सिमेन्टमा बढाउनु परेको मूल्यसमेत घटाउने तयारीमा उद्योगीहरू लागेका छन्। विद्युत आपूर्ति नहुँदा लागत बढेको भन्दै डण्डी र सिमेन्टमा केही मूल्य बढाएका थिए। अहिले नेपाल विद्युत प्राधिकरणले सहज आपूर्ति गराएसँगै मूल्य घटाउने तयारीमा उनीहरू रहेका छन्।

images
images

अहिले पिक आवरमा १९७६ मेगावाट विद्युत डिमान्ड रहेको छ। प्राधिकरणको सहायक र निजी क्षेत्रका कम्पनीबाट उत्पादित बिजुली १४३० मेगावाट रहेको छ। अपुग करिब ६ सय मेगावाट सरकारले रातको समयमा पनि भारतबाट आयात गरेको छ।

images
images

यसअघि सोलार आवरमा मात्रै भारतले बिजुली दिँदै आएपनि गत बिहीबारदेखि भने राति ११ बजेदेखि ४ बजेसम्म पनि बिजुली दिएको हो।

अहिले सरकारले उद्योगमा बिजुली दिएपछि राहत मिलेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टमा लगानीकर्ता पशुपति मुरारकाले बताए। साँझको समयमा मेसिन नचलाएर सहयोग गर्न सरकारले आग्रह गरेकोले केही घण्टाबाहेक अन्य समयमा उद्योगका मेसिन चलिरहेको उनले जानकारी दिए।

इण्डियन इनर्जी एक्सजेञ्जबाट रातको समयमा थप ६ सय मेगावाट विद्युत दिन सुरुवातसँगै उद्योगमा जारी १२ घण्टाको लोडसेडिङ हटेको हो। गएको बिहीबारदेखि नै भारतले बिजुली दिन थालेपनि शुक्रबार उद्योगमा नेपाल विद्युत प्राधिकरणले सूचना पठाउँदै बेलुका ५ देखि ११ बजेसम्म भने धेरै लोड नपर्ने लाइटमात्रै प्रयोग गर्न र अन्य समयमा पूर्णरुपमा बिजुली चलाउन भनेको थियो।

साँझको समयमा बाहेक अहिले उद्योगमा विद्युत आपूर्ति सहज भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले बताए। 'सोलार आवरमा पहिलेदेखि नै समस्या छैन, भारतबाट रातको समयमा पनि ५ सय देखि ६ सय मेगावाट बिजुली आउन थालेपछि स्थिति सहज भएको छ,'  प्रवक्ता शिल्पकारले भने। अब केही समयपछि हिउँ पग्लन थाल्ने भएकोले पनि धेरै समय बिजुली आयात गरिरहन नपर्ने उनले बताए।

नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने हल्ला चलेको थियो। तर भारतले हाल उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त ६ सय मेगावाट दिएसँगै सहज भएको छ। भारतबाट ल्याइएको उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आइरहेको छ।

नेपाल सिमेन्ट उत्पादक संघसहित धागो र डन्डी उत्पादन गर्ने उद्योगले पनि उद्योगमा लोडसेडिङ हटेको भन्दै सरकारलाई धन्यवाद दिएका छन्। उद्योगीहरूले भोगिरहेको दैनिक १२ घण्टासम्मको लोडसेडिङ अन्त्य भएपछि आफूहरू सकारात्मक र हर्षित भएको जनाएका छन्।

नेपाल सिमेन्ट उत्पादक संघले विज्ञप्ति जारी गर्दै भारतबाट रातिको समयमा भनि विद्युत खरिद हुने र ६ सय मेगावाटसम्म बिजुली आएर सहज भएको बताएका छन्। 

औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि धागो उत्पादक उत्साहित देखिएका छन्। यसअघि घरायसी प्रयोजनका लागि विद्युतको आपूर्ति नियमित गरिए पनि औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङ रहेकोले धागो उत्पादनको लागत बढेको, क्षमताअनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रवर्द्धनमा असर परिरहेको उद्योगीहरूले बताउँदै आएका थिए। यस्तो अवस्थामा भारतबाट थप विद्युत् आयात गरी विद्युत् नियमित गर्ने सरकारको कामको संघले स्वागत गरेको छ।

औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा विद्युत् पाउने सुनिश्चितता गरी उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण सिर्जना गर्नतर्फ सरकारको सार्थक प्रयास रहने अपेक्षा पनि संघले जाहेर गरेको छ।


प्रकाशित : मंगलबार, चैत १९ २०८१०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend