बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

राजावादी समूहले तोडफोड र लुटपाट गरेको कोटेश्वरको भाटभटेनीमा ८० लाखको क्षति, बीमा दाबी गर्दै कम्पनी

images
सोमबार, चैत १८ २०८१
images
images
राजावादी समूहले तोडफोड र लुटपाट गरेको कोटेश्वरको भाटभटेनीमा ८० लाखको क्षति, बीमा दाबी गर्दै कम्पनी

९४ हजार नगद रुपैयाँ हराएको कम्पनीले उल्लेख गरेको छ।

images
images

काठमाडौं-  चैत १५ गते राजतन्त्रवादीहरूको आन्दोलनका क्रममा आन्दोलनकारीले गरेको तोडफोड र चोरीबाट कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

images
images

कम्पनीले बीमा दाबी प्रायोजनका लागि गरेको मूल्यांकनबाट ८० लाख ३३ हजार १९२ रुपैयाँ बराबरको क्षति भएको पाइएको हो। 

images
images

मूल्यांकन अनुसार स्टकमा ६४ लाख ८८ हजार ३३७ रुपैयाँको क्षति भएको छ।  स्टकमा रहेको सामान हराएको तथा नष्ट भएको थियो। त्यस्तै भवनमा ११ लाख ८५ हजार ८५५ रुपैयाँ र फ्रिजर र सोकेसमा २ लाख ६५ हजार रुपैयाँको क्षति भएको छ। 

images
images

९४ हजार नगद रुपैयाँ हराएको कम्पनीले उल्लेख गरेको छ। 

तीनकुनेमा भइरहेको प्रदर्शन अराजक हुँदा कोटेश्वर पुगेर आन्दोलनकारीले भाटभटेनीमा तोडफोडका साथै चोरी पनि गरेका थिए। यो कार्यमा संलग्नलाई प्रहरीले पक्राउन पनि गरिरहेको हो। 

मूल्यांकन अनुसारको बीमा दाबी गर्ने कम्पनीले जानकारी दिएको छ। भाटभटेनीका सञ्चालकको एउटा भिडियो क्लिपलाई लिएर ८० करोडको क्षति भएको भन्ने भनाइ भाइरल भइरहेको छ। यद्यपि कम्पनीकै वास्तविक मूल्यांकन भने जम्मा ८० लाख आएको छ। 


प्रकाशित : सोमबार, चैत १८ २०८१०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend