बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

मोडल कुन : टेस्ला भारतका लागि तयार छ? वा भारत टेस्लाका लागि तयार छ?

images
सोमबार, चैत १८ २०८१
images
images
मोडल कुन : टेस्ला भारतका लागि तयार छ? वा भारत टेस्लाका लागि तयार छ?

२०२५ को मार्चसम्म आइपुग्दा ९ वर्ष वितिसकेको छ। तर औपचारिक रुपमा भारतमा टेस्लाको विद्युतीय कार उपलब्ध हुन सकेको छैन। १९८० मा मारुती ८०० बुकिङ गर्नेले पनि ३ वर्षमै गाडी पाएका थिए। तर यो आधुनिक जमानामा ९ वर्ष वितिसक्दा टेस्ला मोडल थ्री बुकिङ गरेकाले पाउन सकेका छैनन्।

images
images

काठमाडौं- २०१६ मार्च ताका टेस्लाले आफ्नो सबैभन्दा सस्तो विद्युतीय कार मोडल थ्रीको बुकिङ खुलाएको थियो। टेस्लाका संस्थापक तथा सीईओ एलन मस्कले आफ्ना लगानीकर्ताहरुलाई विश्वस्त पार्न प्रयास गर्दै भनेका थिए- केही समयपछि विद्युतीय कार मेनस्ट्रिम बन्नेछ। सोही समयमा टेस्लाले केही देशमा मोडल थ्रीको बुकिङ खोलेको थियो। त्यतिबेला अमेरिका बाहेक टेस्लाको अन्य कुनै देशमा भौतिक उपस्थिति थिएन। 

images
images

यही मध्येमा भारत पनि थियो। केही प्रविधिमा चासो राख्ने भारतीय उद्यमी पेटिएमका विजयशेखर शर्मा, भेन्चर क्यिापिटालिस्ट महेश मूर्ती, जीओक्यूआईआईका विशाल गोन्डल र भोनिकका सुजयत अलीले टेस्लाको मोडल थ्री किन्न १ हजार डलर तिरेर बुकिङ गराएका थिए। एलन मस्कको सपनामा उनीहरुले भारतबाट समर्थन गरेका थिए। 

images
images

२०२५ को मार्चसम्म आइपुग्दा ९ वर्ष वितिसकेको छ। तर औपचारिक रुपमा भारतमा टेस्लाको विद्युतीय कार उपलब्ध हुन सकेको छैन। १९८० मा मारुती ८०० बुकिङ गर्नेले पनि ३ वर्षमै गाडी पाएका थिए। तर यो आधुनिक जमानामा ९ वर्ष वितिसक्दा टेस्ला मोडल थ्री बुकिङ गरेकाले पाउन सकेका छैनन्। यतिबेलासम्म टेस्ला बुकिङ गरेका केहीले रद्द गरिसके भने केहीले बुकिङलाई जारी राखेका छन्। 

images
images

बुकिङ जारी राख्नेहरु अझै पनि आशावादी देखिएका छन् कि टेस्ला भारत आउने छ र उक्त कार चढ्ने चाहना पूरा हुनेमा विश्वस्त देखिएको द इकोनोमिक टाइम्सले प्रिमियम स्टोरीमा लेखेको छ। यो पटक टेस्लाको सक्रियता र भारतको सकारात्मकताले भारतीय बजारमा टेस्ला आउने कुरा वास्तिविकतामा परिणत हुनेछ। 

टेस्ला भारत आउने विषयमा उत्पन्न समस्या पछिल्ला केही वर्षमा निक्कै परिवर्तन भएको छ। २०१६ को तुलनामा भारतीय बजारमा अहिले निक्कै राम्रा विद्युतीय कार उपलब्ध छन् वा भनौँ टेस्ला मोडल थ्री अथवा त्योभन्दा अब्बल विद्युतीय कार उपलब्ध गइसकेका छन्।

पछिल्लो एक वर्षको एलन मस्कको गतिविधिले टेस्ला प्रति हिजो आम मानिसको जे सोच थियो त्यो केहीहदसम्म बदलिँदै गइरहेको छ, संसारभरी नै। ब्रान्ड भ्यालुमा धक्का, बिक्रीमा गिरावट हुँदै अहिले टेस्लाको सेयर मूल्यसमेत उल्लेख रुपमा घटेको छ। यसले एउटा महत्वपूर्ण प्रश्न उब्जिएको छ, के टेस्ला भारत अउनुभन्दा पहिले आफूलाई पर्खाइमा राखेको हो?

भारत योजना

पछिल्लो पटक टेस्लाले भारत आउने विषयमा ठोस कदम उठाएको छ। विभिन्न पदका लागि टेस्लाले मुम्बईमा पब्लिक हायरिङ नै गरिसकेको छ। सेल्सदेखि सर्भिस एडभाइजर तथा कस्टुमर सपोर्टसम्मका कर्मचारी नियुक्त गर्ने क्रममा टेस्ला रहेको छ। मुम्बई र दिल्लीमा शोरुम राख्ने ठाउँ तय भइसकेको छ भने टेस्लाले मोडल वाई तथा मोडल थ्रीको होमोलोगेसनका लागि भारतमा दरखास्त दिइसकेको छ। 

अहिले पनि भारतको ईभी पेनिट्रेसन न्यून नै रहेको छ। भारतमा बिक्री हुने कुल प्यासेन्जर कारमा ईभीको हिस्सा ३ प्रतिशतभन्दा कम छ। उद्यपी ईभीको बिक्री भने उल्लेख्य रुपमा बढ्दो छ। २०२० मा भारतमा ५ हजार विद्युतीय कार बिक्री भएकोमा २०२४ मा आइपुग्दा विद्युतीय कार बिक्री १ लाख १३ हजार पुगेको छ। टेस्ला यही कुराको पर्खाइमा रहेको हुनुपर्छ, त्यो पनि प्रिमियम ईभी सेगमेन्ट टेस्लाको चासोमा रहेको अटोमोटिभ कन्सल्टेन्सी जाटो डाइनामिक्सका अध्यक्ष रवि भाटियाले बताएका छन्। 

यता भारतमा रेभा ईभी बनाएका चेतन मइनीले भने आजभन्दा दुई/तीन वर्षअघि नै टेस्लाका लागि भारत आउने उपयुक्त समय तयार भइसकेको थियो। टेस्लाको प्रविधि त्यतिबेला जति मूल्यवान थियो आज आइपुग्दा भारतीय बजारकै लागि त्यो उक्त समेयको जति मूल्यवान नहुन सक्ने उनको भनाइ छ।

भारतमा जुन गुणस्तर र क्षमताको विद्युतीय कार आज उपलब्ध छ, टेस्लाले अहिले भारत आएर उपभोक्ताले अनुभुत गर्नेगरी भिन्नता पुष्ट्याईँ गर्न कठीन हुने उनको बुझाइ छ। ‘टेस्लाको भारत प्रवेशले एउटा हलचल र उचाई त पक्कै लिन्छ। यसले ठूलै माहोल पनि बनाउने छ तर त्यो ‘एप्पल मोमेट’ भने हुन सम्भव छैन,’ चेतनले भनेका छन्। 

एप्पल मोमेन्ट भन्नले आईफोनमार्फत एप्पलले स्मार्टफोन बजारमा ल्याएको तरंग हो। आईफोनले जस्तै विश्व बजारमा टेस्लाले विद्युतीय कारको स्वीकार्यता र चर्चा बढाउनमा महत्वपूर्ण भुमिका खेलेकोमा संका छैन। भारतीय बजार अन्यत्र जस्तै टेस्लाका लागि सहज नहुन सक्छ। भारतमा विद्युतीय कार, ब्याट्री र चार्जिङ पूर्वाधार बनाउन राम्रै चुनौतीको सामना गर्नुपर्ने छ। बिक्रीका लागि पनि भारत डिलर सेन्ट्रिक बजार भएकाले यसबारे टेस्लालाई सहज नहुन सक्छ। 

बिक्रीपछिको सेवा अर्को चुनौतीपूर्ण पक्ष हो। त्यस्तै भारत मूल्य संयमित बजार पनि हो। भारतमा २० लाख भारुभन्दा कम मूल्यका कारको धेरै ठूलो बजार छ। यता टेस्लासँग अहिले सबैभन्दा कम मूल्यको कार मोडल थ्रीकै ३७ लाख भारु पर्छ। यो अवस्थामा टेस्लाले भारत आए प्रिमियम सेगमेन्टमा खडा हुृने देखिन्छ। 

२०२५ को जनवरीमा टेस्ला सीईओ मस्कले यही वर्षको मध्यमा कम मूल्य अर्थात २४ हजार डलरको कार ल्याउने संकेत गरेका थिए। भारतीय बजारमा आउनका लागि टेस्लाले सो मूल्यको कार ल्याउन जरुती देखिन्छ। उक्त मूल्यमा कार ल्याउँदा टेस्लाले राम्रै संख्या निकाल्न सक्छ। 

उत्पादन विकल्प

चर्चा बटुल्न र बिक्री संख्या बढाउन तथा २५ प्रतिशतको हेडरुममै रहन टेस्लाले भारतमा कन्ट्राक म्यानुफ्याक्चरिङमा जाने सम्भावना बढेर गएको छ। हाल भारतमा वार्षिक ६२ लाख कार उत्पादन गर्ने क्षमता रहेको छ भने हाल क्षमताको ७५ प्रतिशतमात्र उपयोग भइरहेको छ।

यसका लागि टेस्लाले सप्लाइ चेनमा पूर्ण नियन्त्रण कागम राख्न असमर्थ हुन सक्छ। जसको परिणमका रुपमा उत्पादनको समयसीमा र लागतमा समस्या पैदा हुन सक्छ। हाल टेस्लाको पाँचवटा गिगाफ्याक्ट्री सञ्चालनमा छ जसमध्ये ३ वटा अमेरिका र एक एक वटा चीन र जर्मनीमा रहेका छन्। मेक्सिकोमा निर्माणाधीन छ। 

सकारात्मक कुरा के हो भने पश्चिमा देशमा बनेकोभन्दा भारतमा बन्ने टेस्ला गिगाफ्याक्ट्रीको लागत कम हुन सक्छ। भारतमा बन्ने वार्षिक ५ लाख कार उत्पादन क्षमताको गिगाफ्याक्ट्रीको लागत २ देखि ३ अर्ब डलर हुने अनुमान गरिएको छ। बर्लिन र टेक्सासमा बनेका गिगाफ्याक्ट्रीको लागत क्रमशः ५ अर्ब र ७ अर्ब डलर रहेको थियो। भारतको भुमी शुल्क कम रहेको र प्रतिघण्टा २ देखि ५ डलर रहेको छ। तर अमेरिकामा यो २५ देखि ३६ डलर प्रतिघण्टा र जर्मनीमा ३५ देखि ४५ डलर प्रतिघण्टा रहेको छ। 

टेस्ला कसरी भारतमा गिगाफ्याक्ट्री लगाउने गरी आउँछ भन्ने कुराले पनि लागतलगायत विषय सामुन्नेमा आउनेछ। भारतका राज्यहरुले टेस्लालाई आफ्नो राज्यमा ल्याउन विभिन्न सहुलियत दिएर आकर्षित गर्नेछन्। टेस्ला ल्याउन तामिलनाडू, कर्नाटका, महाराष्ट्र, गुजरात र तेलंगना राज्यले कुरा गरिरहेका छन्। 

परिवर्तित समस्या 

भारतमा विद्युतीय कार किन्नु अहिले पनि चार्जिङ एन्जाइटीको रुपमा रहेको छ। तर चार्जिङ पूर्वाधार बनाउने बोल्टडटअर्थका सहसंस्थापक मोहित यादवका अनुसार चार्जिङ अब त्यति ठूलो समस्या रहेन जतिबेलादेखि राम्रो रेन्ज दिने कारहरु बजारमा आए। त्यस्तै यहीबीचमा सार्वजनिक चार्जिङ नेटवर्कको विस्तार उल्लेख्य रुपमा भइरहेको छ। 

टेस्लासँग आफ्नै सुपरचार्जर रहेको छ जुन भारतमा जडान हुनेछ। तर यसका लागि राम्रै लगानी समय लाग्ने छ। त्यतिबेलासम्म टेस्लाले सार्वजनिक चार्जर प्रयोग गर्ने छ। भारतमा सार्वजनिक चार्जिङ नेटवर्क हरेक ६ महिनामा दोबरले बढी रहेको छ। २०२४ डिसेम्बरसम्म भारतमा १४ हजारर ५ सय चार्जिङ पोइन्ट भएका १० हजार ५ सय सार्वजनिक चार्जिङ स्टेसन थिए। २०२५ जुनसम्म चार्जिङ पोइन्ट ३० हजार र चार्जिङ स्टेसन २० हजार वटा पुग्ने अनुमान गरिएको छ। 

यी सबैजसो स्टेसनमा टाइप टू वा सीसीएसटू कनेक्टर रहेका छन् जुन टेस्लाका कारमा पनि प्रयोग भएका छन्। सार्वजनिक चार्जिङ स्टेसन अब ठूला खेलाडीहरुको पनि चासोको विषय बनिसकेको छ। 

टेस्लाका लागि भारत आवश्यक

टेस्लाबाट भारतलाई जति लाभ हुन सक्छ त्यसको ठ्याक्कै विपरित भारतबाट टेस्लालाई पनि त्यति नै लाभ मिल्नेछ। टेस्लाको मुख्य बजारमा यसको बिक्री चिनियाँ प्रतिस्पर्धीका कारण गिर्दो रहेको छ। अर्को कारण टेस्लाले नयाँ मोडल ल्याउन ढिलाई गरेकाले पनि बिक्रीमा कमी आएको अनुमान छ। 

विद्युतीय कार बिक्री संख्या र आय दुवैमा टेस्ला दोस्रो नम्बरमा झरेको छ। एलन मस्कको राजनीतिक झुकावले पनि टेस्लाको मार्केट क्यापमा प्रभाव परेको छ। मुख्य बजारमा टेस्लाको बिक्री बढाउन संघर्ष चलिरहेको छ। यस्तोमा भारतीय बजार टेस्लाका लागि रामवाण सावित हुन सक्छ। 

ढिलै भएपनि भारत आउने निर्णय गरिसक्दा टेस्लाले उत्साह व्यक्त गरिसकेको छ। जरुरी ठानेर भारतमा आउन पुनः प्रयत्न गर्नु टेस्लाको सवल पक्ष हो। यो सवलतालाई पुष्टि गर्न टेस्लाले अल इन वान गिगाफ्याक्ट्री भारतै बनाउनु पर्छ। सस्तो कारदेखि नयाँ मोडल हुँदै ब्याट्री उत्पादनसम्म भारतमै गरेर उपभोक्ताका लागि भ्यानु फर मनि क्रिएट गर्न टेस्सलाका लागि अपरिहार्य जस्तै छ। यति नगर्ने हो भने ९ वर्षदेखि टेस्ला किन्न कुरेका उपभोक्ताका लागि कुनै लाभ मिल्ने छैन।


प्रकाशित : सोमबार, चैत १८ २०८१०९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend