काठमाडौं- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान अतवरण स्थगति भएका छन्।
विमानस्थलको सुरक्षा चुनौति बढेपछि विमानस्थलका उडान अवतरण बन्द भएका छन्। इन्धन डिपो नजिकै आन्दोलनकारीले आगो लगाएपछि विमानस्थलको सुरक्षामा चुनौति बढेको नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले उडान बन्द गरेको हो।
अहिलेका लागि ४० मिनेटका लागि विमानस्थल बन्द गरिएको छ।
राजसंस्था पक्षधर आन्दोलनकारीले विहानदेखि नै तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन गरिरहेका छन्। अन्तर्राष्ट्रिय विमानस्थलको छेउमै आन्दोलनको क्षेत्र तोकिएपछि त्यहाँको सुरक्षा चुनौति बढेको छ।
विमानस्थल आसपासका क्षेत्रमा धेरै ठाउँमा आगो लगाउँदै आन्दोलनकारी हिडिरहेका छन्।