शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

कैलाली भन्सारले ८ महिनामा उठायो ५ अर्ब ३४ करोड राजस्व

images
बिहीबार , चैत १४ २०८१
images
कैलाली भन्सारले ८ महिनामा उठायो ५ अर्ब ३४ करोड राजस्व

साउनदेखि फागुनसम्मको अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ५९ लाख रूपैयाँ राजस्व उठाएको कैलाली भन्सार कार्यालयले जनाएको छ।

images
images

अत्तरिया- कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा पाँच अर्ब ३४ करोड १९ लाख रूपैयाँ बराबर राजस्व संकलन गरेको छ। कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व संकलन गरिएको जनाएको छ।

images
images
images

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ५९ लाख रूपैयाँ, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ४१ लाख रूपैयाँ, अन्तःशुल्कतर्फ १३ करोड ८२ लाख रूपैयाँ र अन्यतर्फ एक अर्ब १९ करोड ३५ लाख रूपैयाँ राजस्व संकलन गरिएको हो।

images
images

चालु आवमा ११ अर्ब १६ करोड २६ लाख रूपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशतमात्रै संकलन भएको उनले जानकारी दिए। 

images
images

चालु आवको साउनमा ५७ करोड ५० लाख रूपैयाँ, भदौमा ५३ करोड ८४ लाख रूपैयाँ, असोजमा ६७ करोड २४ लाख रूपैयाँ र कात्तिकमा ६२ करोड ७८ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

यस्तै, मङ्सिरमा ८१ करोड १३ लाख रूपैयाँ, पुसमा ६५ करोड ८७ लाख रूपैयाँ, माघमा ७३ करोड दुई लाख रूपैयाँ र फागुनमा ७२ करोड ७६ लाख रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए। सूचना अधिकारी अर्यालले बढी राजस्व संकलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व संकलनको लक्ष्य हासिल गर्न नसकिएको बताए।

कार्यालयले गत आव २०८०/८१ मा पनि राजस्व संकलन लक्ष्य पूरा गर्न सकेको थिएन। गत आवमा ११ अर्ब ५८ करोड २४ लाख रूपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएकामा सात अर्ब ९१ करोड ८० लाख रूपैयाँमात्र संकलन भएको थियो। जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै हो। रासस


प्रकाशित : बिहीबार , चैत १४ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend