मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

नेपाल-बंगलादेश व्यापार : ३ अर्ब रूपैयाँ बराबरको मालसामान आयात हुँदा निर्यात २७ करोडको मात्रै

images
बिहीबार , चैत १४ २०८१
images
images
नेपाल-बंगलादेश व्यापार : ३ अर्ब रूपैयाँ बराबरको मालसामान आयात हुँदा निर्यात २७ करोडको मात्रै

काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड रूपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ।

images
images

झापा- चालु आर्थिक वर्षको आठ महिनामा बंगलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार रूपैयाँ बराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख ५४ हजार रूपैयाँ बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन्। 

images
images
images

काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड रूपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ।

images
images

यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन्।

images
images
images

काँकडभिट्टाबाट २३ करोड ६२ लाख ५८ हजार रूपैयाँको खुदो निर्यात भएको छ।

समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बंगलादेश निर्यात भएको छ।

द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए। रासस


प्रकाशित : बिहीबार , चैत १४ २०८११०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend