शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

लक्ष्मी स्टील्समा एनआईबिएल इक्विटी पार्टनर्सको लगानी

images
बुधबार, चैत १३ २०८१
images
लक्ष्मी स्टील्समा एनआईबिएल इक्विटी पार्टनर्सको लगानी

सन् २००८ मा सौरभ ग्रुपअन्तर्गत स्थापना भएको लक्ष्मी स्टील्स लिमिटेड, टिएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रुपमा रहेको छ।

images
images

काठमाडौं- एनआइएमबि एस क्यापिटलद्वारा सञ्चालित एनआईबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानी गर्ने भएको छ। सम्झौतापत्रमा एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक बिमलकुमार सावरथियाले मंगलबार हस्ताक्षर गरेका छन्। 

images
images
images

सन् २००८ मा सौरभ ग्रुपअन्तर्गत स्थापना भएको लक्ष्मी स्टील्स लिमिटेड, टिएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रुपमा रहेको छ। नवलपरासीको सुनवलमा अत्याधुनिक स्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले यस सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पुर्‍याउन सफल हुने विश्वास लिएको जनाएको छ।

images
images

एनआईबिएल इक्विटी पार्टनर्सबाट गरिएको यो लगानीले लक्ष्मी स्टील्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र यसको बजार पहुँच विस्तार गर्न सशक्त सहयोग पुर्‍याउने पनि विश्वास लिइएको छ।

images
images

एनआइएमबी एस क्यापिटलका अध्यक्ष टिवडेवालले यस लगानीको साथ लक्ष्मी स्टील्सलाई नयाँ उचाइमा पुर्‍याउन र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्ने विश्वास कम्पनीको रहेको बताए।

यस्तै लक्ष्मी स्टील्सका निर्देशक सावरथियाले एनआईबिएल इक्विटी पार्टनर्ससँगको यो साझेदारी एक सुनौलो अवसर रहेको बताउँदै उनीहरुको विशेषज्ञता र पुँजीले आफ्नो कम्पनीको क्षमता विस्तार गर्न र नेपालको आर्थिक विकासमा योगदान गर्न थप मद्दत गर्ने बताए।


प्रकाशित : बुधबार, चैत १३ २०८११७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend