शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो करिब ६ घण्टापछि नियन्त्रणमा

images
बुधबार, चैत १३ २०८१
images
इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो करिब ६ घण्टापछि नियन्त्रणमा

के कारणले आगो लागेको भन्नेबाचरे प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

images
images

सुनसरी- इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान ९:३० बजे सुरु भएको आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको हो।

images
images
images

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झन्डै तीनसयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो। भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उनले बताए।

images
images

के कारणले आगो लागेको भन्नेबाचरे प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

images
images

आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो। आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो। 

प्रहरी नायब उपरीक्षक खतिवडाका अनुसार उद्धार गरिएकामा बंगलादेशका एमडी जय, अमेरिका राई, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य दुई जना रहेका छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बुधबार, चैत १३ २०८११६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend