शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

३३ किलो सुन प्रकरणमा संलग्न २६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता, ६ अर्ब ३२ करोड बिगो मागदाबी

images
बुधबार, चैत १३ २०८१
images
३३ किलो सुन प्रकरणमा संलग्न २६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता, ६ अर्ब ३२ करोड बिगो मागदाबी

प्रहरीले चलाएको मुद्दाका आधारमा विभागले विभिन्न २६ अभियुक्त उपर छानबिन गरी जिल्ला अदालत दोलखामा मुद्दा दर्ता गरएको हो।

images
images

काठमाडौं- सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले ३३ किलो सुन ओसारप्रसार प्रकरणमा संलग्न २६ जनाविरुद्ध ६ अर्ब ३२ करोड रूपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत दोलखामा मुद्दा दायर गरेको छ।

images
images
images

सुनको चोरी पैठारी, राष्ट्र बैंकसम्बन्धी कसुर र संगठित अपराधसमेत भएको उक्त मुद्दाका प्रतिवादीहरुमध्ये टासी दावा भनिने आकर लामा, निर्वु छिरिङ शेर्पा, पेम्बा तामाङ, चस्मान तामाङ, सदन प्रधान, महिमा माझी, लालबहादुर तामाङ, सरोज भण्डारी, पवन गुप्ता, मिलन विक, लेखराज नेवार, ललिता खत्री, दुर्गाबहादुर खत्रीसमेतले गैरकानूनी रुपमा नेपालमा सुन भित्र्याउने र सोबापत दिनुपर्ने भुक्तानी अवैध क्रिप्टोकरेन्सीमार्फत गरेको भन्दै विभागले मुद्दा दर्ता गरेको हो।

images
images

यसरी गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्ति निजीहरुले विभिन्न व्यवसायमा लगानी गरी सम्पत्ति लुकाउने तथा बढाउने गरेको पाइएकाले निजहरुलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको विभागले जनाएको छ।

images
images

प्रहरीले चलाएको मुद्दाका आधारमा विभागले विभिन्न २६ अभियुक्त उपर छानबिन गरी जिल्ला अदालत दोलखामा मुद्दा दर्ता गरएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा ११ किलो सुन फेला परेको विभागले जनाएको छ। जसमध्ये सुनको ढिक्का ४ दामको तौल ४ किलो  र यसको बजार मूल्य ३ करोड ७५ लाख रूपैयाँ रहेको विभागले जनाएको छ।

आरोपीहरुले एकआपसमा मिलेमतो गरेर अर्थोपार्जनको मनसायमा गैरकानूनी रुपमा नेपालमा पटक-पटक गरी ३३ किलो सुन अर्थात ३१ करोड ११ लाख रूपैयाँ बराबरको अवैध कारोबार क्रिप्टोकरेन्सीमार्फत भएको विभागले जनाएको छ।

यसका साथै अवैध सुन कारोबारको भुक्तानीमा आखेटोपहार कस्तुरीको विना समेत दिइ संगठितरुपमा क्रिप्टोकारोबार भएको विभागले जनाएको छ।

उनीहरुविरुद्ध विभागले दोलखा जिल्ला अदालतमा चैत ५ गते मुद्दा दर्ता गराएको हो। 


प्रकाशित : बुधबार, चैत १३ २०८११४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend