शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

नरैनापुर आगलागीबाट ५० लाख रूपैयाँ बराबरको क्षति

images
बुधबार, चैत १३ २०८१
images
नरैनापुर आगलागीबाट ५० लाख रूपैयाँ बराबरको क्षति

आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर नष्ट भएका छन्।

images
images

नेपालगञ्ज- बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट ५० लाख रूपैयाँ बराबरको क्षति भएको छ।

images
images
images

जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर नष्ट भएका छन्। नरैनापुर-४ जयरामपुर्वामा मंगलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका थिए।

images
images

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पीडित आफन्तको घरमा आश्रय लिएर बसेको जानकारी दिँदै उनीहरुलाई बस्नका लागि प्रबन्ध गर्न लागिएको जानकारी दिए।

images
images

हरेक वर्ष हिउँदका बेला नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुने गरेका छन्। रासस


प्रकाशित : बुधबार, चैत १३ २०८११३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend