काठमाडौं- सानिमा बैंकले गोरखाको शक्तिचोकस्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्तरुपमा आयोजित दुईदिने बृहत स्वास्थ्य शिविरमा सानिमा बैंकले आर्थिक सहयोग गरेको छ।
गोरखाको शहिद लखन गाउँपालिका-६, घैरुङ स्वास्थ्य चौकीमा सञ्चालित उक्त कार्यक्रममा ५ सय २५ जना स्थानीय बासिन्दाहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएको बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त शिविरमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपीडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क औषधी पनि वितरण गरिएको थियो।
बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने तथा विभिन्न किसिमका सामाजिक उत्थानका कार्यक्रमहरु गर्ने योजना बनाएको जनाएको छ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १ सय ३४ वटा कार्यालयहरु र १ सय २६ वटा एटीएम सञ्चालनमा रहेका छन्।