बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

सानिमा बैकद्वारा गोरखामा आयोजित दुईदिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग

बुधबार, चैत १३ २०८१
सानिमा बैकद्वारा गोरखामा आयोजित दुईदिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग

सानिमा बैंकको सातै प्रदेशमा हाल १ सय ३४ वटा कार्यालयहरु र १ सय २६ वटा एटीएम सञ्चालनमा रहेका छन्।

काठमाडौं- सानिमा बैंकले गोरखाको शक्तिचोकस्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्तरुपमा आयोजित दुईदिने बृहत स्वास्थ्य शिविरमा सानिमा बैंकले आर्थिक सहयोग गरेको छ।

गोरखाको शहिद लखन गाउँपालिका-६, घैरुङ स्वास्थ्य चौकीमा सञ्चालित उक्त कार्यक्रममा ५ सय २५ जना स्थानीय बासिन्दाहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त शिविरमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपीडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क औषधी पनि वितरण गरिएको थियो।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने तथा विभिन्न किसिमका सामाजिक उत्थानका कार्यक्रमहरु गर्ने योजना बनाएको जनाएको छ। 

सानिमा बैंकको सातै प्रदेशमा हाल १ सय ३४ वटा कार्यालयहरु र १ सय २६ वटा एटीएम सञ्चालनमा रहेका छन्।


प्रकाशित : बुधबार, चैत १३ २०८११२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend