सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

images
मंगलबार, चैत १२ २०८१
images
images
कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ।

images
images

काठमाडौं- भिसाले सञ्चालन गरेको 'दशैँ क्याम्पेन २०२४' अन्तर्गत कुमारी बैंकका ग्राहकमध्ये गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन्। त्यसैगरी कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन्।

images
images

भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो। विजेताहरुले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन्।

images
images

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ।

images
images

बैंकले देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।


प्रकाशित : मंगलबार, चैत १२ २०८१११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend