सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

नर्सरी व्यवसायबाट राम्रो आम्दानी गर्दै छन् बोराडाँडीका सुरेश

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १२ २०८१
images
images
नर्सरी व्यवसायबाट राम्रो आम्दानी गर्दै छन् बोराडाँडीका सुरेश

'कहिलेकाहिँ प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न असर देखापरे बिग्रने, कुहिने, रोग लाग्ने गर्दछ, जसले गर्दा घाटा व्यवहोर्नुपर्ने हुन्छ।'

images
images

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आएका छन्। उनले यो व्यवसायबाट मासिक ४० हजार रुपैयाँ बचत गर्दै आएको बताए। 

images
images

केही समय पहिले विश्वकर्माले काठमाडाैंमा बिरुवासम्बन्धी काम गर्दै आएको एउटा कम्पनीमा जागिर गरी कामको अनुभव लिएर नर्सरी व्यवसाय सुरु गरेका हुन्। उनले वार्षिक एक लाख ५० हजार तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिइ व्यवसाय गर्दै आएका छन्। हालसम्म ५० लाख रुपैयाँ लगानी भएको बताउँदै उनले यो व्यवसायबाट मासिक ४० हजार रुपैयाँ बचत गर्दै आएको जानकारी दिए।

images
images

उनको परिवारमा श्रीमान्, श्रीमती, बुवाआमा र दुई छोराछोरी छन्। परिवारको सम्पूर्ण लालनपालनका साथै छोराछोरीको शिक्षादिक्षा यसै व्यवसायबाट धान्दै आएको उनले बताए। व्यवसायमा काम गर्ने तीन जना कामदारलाई मासिक १२ हजार रुपैयाँका दरले तलब दिँदै आएको विश्वकर्माले जानकारी दिए।

images
images

'अन्य व्यवसायभन्दा यो व्यवसाय अलिकति जोखिम छ', उनले भने, 'कहिलेकाहिँ प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न असर देखापरे बिग्रने, कुहिने, रोग लाग्ने गर्दछ, जसले गर्दा घाटा व्यवहोर्नुपर्ने हुन्छ।' 

धन आर्जन गर्न विदेश मात्र नभई स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने मान्यताबाट व्यवसाय सुरु गरेको विश्वकर्माले बताए।

नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातका फलफूल, सो-प्यान्टलगायत बिरुवा ल्याएर बिक्री गर्दै आएको उनले बताए। केही बिरुवा नर्सरीमा आफैँ उत्पादन गर्ने गरेको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, चैत १२ २०८११०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend