काठमाडौं (माघ,२०)- सन् २०२१ को तुलनामा यो वर्षको पहिलो महिना ९१ प्रतिशतले पर्यटक बढेका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ९७५ विदेशीले नेपाल भ्रमण गरेका छन्। सन् २०२१ को जनवरीमा ९ हजार ८७४ विदेशीले मात्र नेपाल भ्रमण गरेका थिए।
गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमण बढेपछि पछिल्ला महिनाको तुलनामा भने यो न्यून हो। सन् २०२१ को अन्तिम तीन महिनामा औषत २० हजार बढी पर्यटकले नेपाल भ्रमण गरेका थिए।
पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरियन्टका कारणले गर्दा विदेशी पर्यटक आउने ट्रेन्ड भने केही घटेको छ।