काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडको कमलादी शाखा त्यहाँबाट नजिकै रहेको आफ्नै भवनमा सरेको छ।
कमलादीमा रहेको शाखा कार्यालयबाट करिब २०० मिटर पूर्व उत्तरतर्फ रहेको आफ्नै भवनमा आइतबारदेखि स्थानान्तरण भएको हो।
नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार नयाँ ठाउँबाट नै सञ्चालन हुने बैंकले जनाएको छ।