बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

काठमाडौंमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन

आइतबार, चैत १० २०८१
काठमाडौंमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन

पोखरामा बसोबास गर्दै आएका कवि श्रेष्ठले कार्यक्रममा जीवन र जगतसँग सम्बन्धित कवितासँगै व्यंग्यात्मक कविता र गजलहरू प्रस्तुत गरेका थिए।

काठमाडौं- कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। मदन भण्डारी फाउन्डेसनको आयोजनामा शनिबार काठमाडौंमा ‘श्वेत शार्दूल: एक यात्रा कविको शिविर’ शीर्षकमा कविता वाचन कार्यक्रम सम्पन्न भएको हो।

पोखरामा बसोबास गर्दै आएका कवि श्रेष्ठले कार्यक्रममा जीवन र जगतसँग सम्बन्धित कवितासँगै व्यंग्यात्मक कविता र गजलहरू प्रस्तुत गरेका थिए। उनले काठमाडौंका विकृतिहरूलाई आफ्नो कविताको माध्यमबाट कटाक्ष गरेका थिए।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाज बुझ्ने प्रभावशाली माध्यम भएको बताइन्। उनले भाषा, कला र साहित्य समाज विकासका लागि महत्वपूर्ण भएको उल्लेख गरिन्।


प्रकाशित : आइतबार, चैत १० २०८१११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend