म्याग्दी- बेनी-जोमसोम-कोरला सडकअन्तर्गत ९ किलोमिटर भुरुङ-तातोपानी- घाँसा खण्ड कालोपत्र भएको छ।
आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ।
अन्नपूर्ण गाउँपालिका-३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका-२ तातोपानीस्थित नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका-४ घाँसाको कैह्कुखोलासम्म पहिरो र कटानको जोखिम भएको बाहेकका ठाउँमा ढलानसँगै कालोपत्र भएको जनाए।
विसं २०६४ मा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ। रासस