सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

रोगकीराका कारण अलैँचीका बोट सुक्न थालेपछि किसानको समस्या बुझ्न बगानमा विज्ञ

images
बिहीबार , चैत ७ २०८१
images
images
रोगकीराका कारण अलैँचीका बोट सुक्न थालेपछि किसानको समस्या बुझ्न बगानमा विज्ञ

विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासंघसहित विज्ञ समूह बगानमा पुगेको हो।

images
images

भोजपुर- जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ। विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासंघसहित विज्ञ समूह बगानमा पुगेको हो।

images
images

कोशी प्रदेश सरकार र नेपाल व्यवसायी अलैँची महासंघको पहलमा अलैँची किसानको समस्या खोजी भइरहेको अलैँची व्यवसायी महासंघका महासचिव नारायणप्रसाद चिमोरियाले बताए। किसानको अलैँची बगानमा पुगेर समस्यासँगै गुणस्तरीय उत्पादन, बजारीकरणलगायत विषयमा जानकारी लिइएको उनले उल्लेख गरे।

images
images

अलैँची किसानका समस्याको खोजी, पहिचानसँगै गुणस्तरीय उत्पादनको विषयमा ज्ञान प्रदान गर्न प्रदेश सरकारसँगको सहकार्यमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको महासचिव चिमोरियाले जानकारी दिए। यो कार्यक्रमअन्तर्गत अलैँचीका विज्ञ प्राविधिकसहित सरोकार भएका पक्ष र किसानसँग बसेर अलैँचीमा देखिएका समस्या, त्यसको समाधान र गुणस्तरीय उत्पादनका विषयमा जानकारी दिने काम भइरहेको उनले बताए।

images
images

महासचिव चिमोरियाले भने, 'विज्ञ समूहसहित किसानको अलैँची बगानमा पुरेर समस्या पहिचान गरी समाधानका उपाय दिँदै आएका छौँ। योसँगै बजारीकरण र गुणस्तरीय उत्पादनका विषयमा किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गरिरहेका छौँ।' व्यावसायिक अलैँचीखेतीमा लागेका किसानको समस्या खोजी गर्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ चोलन्तीमा कार्यक्रम सञ्चालन गरिएको उनले उल्लेख गरे।

यहाँका किसानको बगानमा पुगेर प्रयोगात्मक रूपमा अलैँचीमा देखिएका रोग र सङ्क्रमण पत्ता लगाउने, समस्या पहिचानसहित समाधानका विकल्पलगायत विषयमा प्रत्यक्ष साक्षत्कार गरिएको नेपाल अलैँची व्यावसायिक महासंघका अध्यक्ष निर्मल भण्डारीले जानकारी दिए। 

पछिल्लो समय अलैँचीमा विभिन्न रोग लागेर उत्पादनमा ह्रास आएकाले बगानमा पुगेर किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताए। यो कार्यक्रमअन्तर्गत अलैँची बढी उत्पादन हुने कोशी प्रदेशका नौ जिल्लाका किसानका बगानमा पुग्ने अभियान रहेको उनले जानकारी दिए। 

'पछिल्लो समय अलैँचीमा विभिन्न समस्या देखिरहेका छन्', अध्यक्ष भण्डारीले भने, 'जसका कारण धेरै किसानका बगान नष्ट भएका छन्। किसानलाई स्थलगत रूपमा आवश्यक ज्ञान प्रदान गर्न हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ।' 

स्थलगत अनुगमनका क्रममा किसानले विस्तार गरेका बगानमा विभिन्न रोगको सङ्क्रमण र उपचार विधिका विषयमा आवश्यक जानकारी प्रदान गरिएको अलैँची विकास केन्द्र इलामका प्राविधिक दिलबहादुर श्रेष्ठले जानकारी दिए। बगान अनुगमनका क्रममा बोट सुक्ने, गानो कुहिनेलगायत रोग बढी मात्रामा देखिएको उनको भनाइ छ।

'किसानको बगानलाई लक्षित गरी रोग र उपचारको पद्दतिका बारेमा ज्ञान दिएका छौँ', उनले भने, 'किसानमा रोगको सङ्क्रमण, उपचार विधि, सङ्क्रमण रोकथामलगायत विषयमा जानकारी नुहँदा पनि समस्या भएको पाएपछि उत्पादन बढाउन र किसानलाई प्रोत्साहन गर्न प्राविधिक ज्ञानसहित आवश्यक जानकारी दिइरहेका छौँ।'

अलैँचीमा देखिएका समस्या र समाधानका विषयमा जानकारी दिन र किसानलाई खेतीमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले बताए। 'अलैँचीमा जीवाणु र ढुसीजन्य रोगको सङ्क्रमण बढी मात्रा देखिएको छ। समस्या समाधान किसान आफैँले गर्न सकुन् भनेर अभियान सञ्चालन गरिएको हो', उनले भने।

अलैँची व्यवसायी संघ जिल्ला शाखाका अध्यक्ष राजेश विष्टले जिल्लाका किसानको आम्दानीको स्रोत बढाउन, उत्पादन वृद्धि गर्न अभियान सञ्चालन गरिएको बताए। 'यहाँका धेरै किसानले अलैँचीको व्यावसायिक खेती गरिरहेका छन्', उनले भने, 'आवश्यक प्राविधिक ज्ञान नहुँदा किसानले विभिन्न समस्या भोग्दै आएकाले समाधानका उपायसहित प्राविधिक र बजारीकरणमा समन्वय गर्न कार्यक्रम गरिरहेका छौँ।'

गाउँपालिकाका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा अलैँची रहेकाले यसको विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। किसानले गुणस्तरीय उत्पादनमा जोड दिन तथा व्यवसायलाई निरन्तरता दिन सकुन् भनेर नगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ। 

विभिन्न रोगसँगै मूल्यमा स्थिरता नभएकाले समस्या हुने गरेको टेम्केमैयुङ-५ चोलन्तीका किसान चक्रबहादुर विष्टले बताए। राज्यको तहबाट बजारीकरणसँगै अलैँची किसानका लागि दक्ष प्राविधिक, उन्नत जातको बिरुवा वितरण र माटो परीक्षणमा सहयोग गर्न आवश्यक रहेकामा उनले जोड दिए। रासस


प्रकाशित : बिहीबार , चैत ७ २०८११६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend