बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्‍याली आयोजना

सोमबार, चैत ४ २०८१
प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्‍याली आयोजना

बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशद्वारा बागलुङको बुर्तिबाङमा 'ग्लोबल मनी वीक २०२५' को अवसर पारेर सोमबार एक वित्तीय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ।

'अनुसरण गर्नुअघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ। अरुका कुरा सुनौँ तर आधिकारिक कुरा सुनी निर्णय गरौँ।' भन्ने मूल नाराका साथ आयोजित र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो।

र्‍यालीमा सहभागीहरुले वित्तीय साक्षरतासम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।

कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञानबहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकताबारे प्रकाश पारे। उनले बालबालिका, वृद्ध तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए।

र्‍यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ।

बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रकाशित : सोमबार, चैत ४ २०८११४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend