बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

महालक्ष्मी विकास बैंकद्वारा २०८२ सालको डिजिटल क्यालेन्डर सार्वजनिक

आइतबार, चैत ३ २०८१
महालक्ष्मी विकास बैंकद्वारा २०८२ सालको डिजिटल क्यालेन्डर सार्वजनिक

महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेबसाइटमार्फत हेर्न/डाउनलोड गर्न सकिनेछ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी क्यालेन्डर २०८२' को डिजिटल संस्करण सार्वजनिक गरेको छ। बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच डिजिटल क्यालेन्डर सार्वजनिक गरिएको हो।

परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्यअनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले जनाएको छ। महत्वपूर्ण चाडपर्वहरु, तिथि, बिदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंग्रेजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ।

नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतिलाई संवर्द्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेबसाइटमार्फत हेर्न/डाउनलोड गर्न सकिनेछ।


प्रकाशित : आइतबार, चैत ३ २०८११७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend