शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्‍गे पुल निर्माण सुरु, २ करोड ३१ लाख लाग्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २९ २०८१
images
images
दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्‍गे पुल निर्माण सुरु, २ करोड ३१ लाख लाग्ने
फाइल तस्बिर

दर गाउँका विद्यार्थीहरुलाई मुनाको धवलागिरि र फलीयागाउँको धनजनता माविमा आउन जान पनि सहज हुने भएको छ।

images
images

म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका-३ स्थित दरखोलामा तीन सय ५५ मिटर लामो झोलुङ्‍गे पुल निर्माण सुरु भएको छ। 

images
images

मुना र दर गाउँ जोड्ने झोलुङ्‍गे पुल निर्माणका लागि गत जेठ महिनामा २ करोड ३१ लाख ३६ हजार सात सय ५० मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले मुनातर्फको जिप निर्माण सकेको र दरतर्फ अन्तिम चरणमा पुर्‍याएको छ। 

images
images

पचास प्रतिशत निर्माण सकिएको यो पुलबाट धवलागिरी-३ र ४ मा पर्ने एक हजार दुई सय घरपरिवारका साथै धौलागिरी चक्रीय पदमार्गमा जाने पर्यटकहरु लाभान्वित हुने धवलागिरी-३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए। 

images
images

दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दालाई गाउँपालिकाको केन्द्र मुना आउन जान तीस मिनेट घुमाउरो र उकालो बाटो पाँच मिनेटमा छोटिने उनले बताए।

यसैगरी दर गाउँका विद्यार्थीहरुलाई मुनाको धवलागिरि र फलीयागाउँको धनजनता माविमा आउन जान पनि सहज हुने भएको छ। 

विसं २०८२ को मंसिर महिनासम्मको म्याद भएपनि यसै आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए। रासस


प्रकाशित : बिहीबार , फागुन २९ २०८११७:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend