मंगलबार, चैत १२ गते २०८१    
मंगलबार, चैत १२ २०८१
images
images

डीटीडीसी र युनिभर्सल एक्सप्रेसबीच रणनीतिक साझेदारी

images
बिहीबार , फागुन २९ २०८१
images
images
डीटीडीसी र युनिभर्सल एक्सप्रेसबीच रणनीतिक साझेदारी

यस साझेदारीमार्फत डेलिभरी समय छोट्याउने, ट्र्याकिङ प्रणाली सुधार गर्ने र नेपाल हुँदै विश्वका विभिन्न मुलुकहरूमा ढुवानी प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ।

images
images

ललितपुर- भारतको अग्रणी कुरियर तथा लजिस्टिक्स कम्पनी 'डीटीडीसी'ले नेपालमार्फत विश्वव्यापी रूपमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ।

images
images

नेपालको लजिस्टिक्स कम्पनी युनिभर्सल एक्सप्रेससँग रणनीतिक साझेदारी गरेको छ। उक्त साझेदारी हिमालयन होटलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।

images
images

कार्यक्रममा प्रमुख अतिथि डीटीडीसी अष्ट्रेलियाका वरिष्ठ प्रतिनिधि पिनाकी चटर्जी रहेका थिए। उनले नेपालमा डीटीडीसीको विस्तारलाई बिश्वव्यापी लजिस्टिक्स सञ्जाललाई अझ सशक्त बनाउने महत्त्वपूर्ण कदम को रूपमा व्याख्या गरे।

images
images

चटर्जीले भने, 'नेपाल हाम्रो लागि रणनीतिक रूपमा महत्त्वपूर्ण गन्तव्य हो। युनिभर्सल एक्सप्रेससँगको साझेदारीले हामीलाई विश्वभर कुरियर तथा ढुवानी सेवा विस्तार गर्न मद्दत गर्नेछ। हामी अन्तर्राष्ट्रिय ढुवानी, ई-कमर्स लजिस्टिक्स र अन्तिम-माइल डेलिभरी सेवामा नयाँ उचाइ कायम गर्न चाहन्छौँ।'

यस साझेदारीमार्फत डेलिभरी समय छोट्याउने, ट्र्याकिङ प्रणाली सुधार गर्ने र नेपाल हुँदै विश्वका विभिन्न मुलुकहरूमा ढुवानी प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ।

नेपालमा मजबुत सञ्जाल भएको युनिभर्सल एक्सप्रेसले डीटीडीसीलाई बिश्वव्यापी सञ्जाल विस्तार गर्न, सेवा गुणस्तर सुधार गर्न, र अन्तर्राष्ट्रिय ढुवानीलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

कार्यक्रममा उपस्थित विश्लेषकहरूले डीटीडीसीको नेपाल प्रवेशले बिश्वव्यापी कुरियर तथा लजिस्टिक्स क्षेत्रमा नयाँ तरंग ल्याउनेबताउँदै, अन्य सेवा प्रदायकहरूलाई पनि सेवा सुधार गर्न प्रेरित गर्ने उल्लेख गरे। साथै यस साझेदारीले व्यवसाय, ई-कमर्स प्लेटफर्महरू, र व्यक्तिगत ग्राहकहरूलाई छिटो, भरपर्दो, र गुणस्तरीय कुरियर सेवा उपलब्ध गराउनेछ।

नेपाल हुँदै बिश्वव्यापी व्यापार तथा ढुवानी सेवालाई विस्तार गर्ने डीटीडीसीको यो रणनीतिक कदम लजिस्टिक्स क्षेत्रमा नयाँ  सुरुवात हुने विश्वास गरिएको छ। सेवा विस्तार तथा सञ्चालनबारे थप विवरण आगामी महिनाहरूमा घोषणा गरिने बताइएको छ।


प्रकाशित : बिहीबार , फागुन २९ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend