आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बडिगाडमा चालु आवका २ सय ३३ योजना कार्यान्वयनमा, सडक विस्तारलाई प्राथमिकता

images
बुधबार, फागुन २८ २०८१
images
बडिगाडमा चालु आवका २ सय ३३ योजना कार्यान्वयनमा, सडक विस्तारलाई प्राथमिकता

गाउँसभाबाट छनोट भएका कुल ती योजनामध्ये हालसम्म १ सय ७४ वटा सम्झौता भएर धमाधम काम भइरहेका छन् भने ४७ योजना सम्पन्न भइसकेका छन्।

images
images

बागलुङ- जिल्लामा सबैभन्दा ठूलो भूगोलमा फैलिएको बडिगाड गाउँपालिकाका केही गाउँ बस्ती सडक सञ्जालले जोडिन सकेको छैन। यस्तो अवस्थालाई अन्त्य गर्न गाउँपालिकाले भौतिक पूर्वाधारअन्तर्गत सडक विस्तारलाई उच्च प्राथमिकता दिएको छ। 

images
images
images

गाउँपालिकाले चालु आर्थिक वर्षका २ सय ३३ योजना कार्यान्वयनमा ल्याएको छ। असरमा ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई तीव्र रुपमा कार्यान्वयनमा लागेको हो।

images
images

गाउँसभाबाट छनोट भएका कुल ती योजनामध्ये हालसम्म १ सय ७४ वटा सम्झौता भएर धमाधम काम भइरहेका छन् भने ४७ योजना सम्पन्न भइसकेका छन्। बाँकी ५९ योजना सम्झौताको चरणमा रहेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले जानकारी दिए। गाउँपालिकाले नागरिकको आवश्यकता र मागका आधार योजना छनोट गरेको उनको भनाइ छ।

images
images

पालिकाका १० वटै वडामा हालसम्म ४७ योजना सकिएको जनाइएको छ। नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने गरी योजना कार्यान्वनमा लागेको उनले बताए। चालु वर्ष खानेपानी, सडक, सिँचाइ, भवन, खेलमैदान, सरसफाइ, संस्कृति प्रवर्द्धन र लघु जलविद्युतसम्बन्धी योजना रहेको पौडेलको भनाइ छ। चैत मसान्तसम्म सबै योजना सक्नेगरी काम भइरहेको पौडेल बताउँछन्।

उनले भने, 'बडिगाडका अधिकांश योजना सम्झौता भइसकेर काम भइरहेका छन्, हामीहरुले ठूला योजनालाई सुरुमै सम्झौता गरी काम अगाडि बढाएका हौँ, भने अन्य अयोजना अहिले सम्झौताका चरणमा छन्, पालिकाको सबै वडामा गएर उपभोक्ता समिति बनाउने र योजना सम्झौता गरेका हौँ, योजना सम्झौताका लागि पालिकामै आउनुपर्ने बाध्यता छैन।'

यस वर्ष बडिगाडको बजेट कुल बजेट ७२ करोड ९१ लाख ६२ हजार रूपैयाँ थियो। जसमध्ये हालसम्म ३७.६ प्रतिशत अर्थात् २७ करोड दुई लाख ७० हजार रूपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ।

पालिकाले यस वर्ष वडा नम्बर ६ को वडा कार्यालय निर्माणका लागि एक करोड रूपैयाँ, सडक सुधार तथा सरफाइका लागि ६५ लाख रूपैयाँ र हेफरसँग सहकार्य गरेर नागरिकलाई पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउनका लागि ८० लाख रूपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए।

अहिलेसम्म सडकले नजोडिएको गाउँलाई जोड्नका लागि भेडीखोर-फोर्सा सडक खोल्नका लागि ४० लाख रूपैयाँ विनियोजन गरेको उनको भनाइ छ। 

'सीमित स्रोत र साधनका बीच धेरै नागरिकको आवश्यक पूरा गर्नेपर्ने छ, एकै पटक सबैतिर विकास गर्न सम्भव नहुने रैछ, यद्यपि हामीहरुले सबै भूगोल, वडा र समस्यालाई बुझेर काम गरिरहेका छौँ, समयमै सबै योजना सक्नुपर्छ भन्ने मान्यताले धमाधम योजनाका कामहरु भइरहेका छन्', उनले भने। रासस


प्रकाशित : बुधबार, फागुन २८ २०८११३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend