सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

बेनी-दरवाङ सडक : रणवाङ-तोलावाङ खण्ड कालोपत्र पूरा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २८ २०८१
images
images
बेनी-दरवाङ सडक : रणवाङ-तोलावाङ खण्ड कालोपत्र पूरा

मंगला गाउँपालिका-२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग २२ करोड ५७ लाख ९ सय ३२ रुपैयाँमा सम्झौता भएको हो।

images
images

म्याग्दी- बेनी-दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ।

images
images

पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मङ्गला गाउँपालिका-२ रणवाङको खहरेखोलादेखि रणवाङ-सहश्रधारा-दुखुखोला-तल्लोदुखु-रातोढुङ्गा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो। खहरेखोलाबाट तोलावाङसम्म तीन किलोमिटर तीन सय मिटर सडक कालोपत्र भएको छ। 

images
images

'फराकिलो पार्ने, पानीको निकास, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा माघ १९ गतेदेखि सुरु गरिएको कालोपत्र गर्ने काम फागुन २७ गते सकिएको छ', पौडेलले भने, 'बाङ्गेपहिरो छाडेर बाँकी ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ।'

images
images

मंगला गाउँपालिका-२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग २२ करोड ५७ लाख ९ सय ३२ रुपैयाँमा सम्झौता भएको हो। 

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर यो सडक २०६३ सालमा खुलेको हो।

यसअघि बेनी-सिमसम्म १२ दशमलव पाँच किलोमिटर खण्ड भने कालोपत्र भइसकेको छ। सिम-पानाबगर खण्डको चार किलोमिटरको काम पनि पूरा भएको छ। रासस


प्रकाशित : बुधबार, फागुन २८ २०८११०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend