आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मकवानपुरमा सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै, अनलाइनबाटै कर तिर्न सकिने

images
मंगलबार, फागुन २७ २०८१
images
मकवानपुरमा सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै, अनलाइनबाटै कर तिर्न सकिने

सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ।

images
images

बागमती- यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख (डिजिटाइजेसन) गर्न थालेको छ।

images
images
images

सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखिकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए।

images
images

केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारीसाधनको अभिलेखिकरणको शुभारम्भ गरेका थिए। यसका लागि कर्मचारीले सवारीको कागजात तथा तथ्यांक प्रविष्ट गर्ने कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताए।

images
images

सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार सो कार्यालयमा दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी करिब ५१ हजार सवारी दर्ता छन्। ती सबै सवारीसाधनको तीन-चार महिनाभित्र अभिलेखको काम सकिने गरी काम भइरहेको उनले बताए। रासस


प्रकाशित : मंगलबार, फागुन २७ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend