आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सालको पातबाट बनाइएको दुना-टपरीको माग उच्च, राम्रो छ आम्दानी

images
मंगलबार, फागुन २७ २०८१
images
सालको पातबाट बनाइएको दुना-टपरीको माग उच्च, राम्रो छ आम्दानी

सालको पातबाट बनाइएको प्रतिटपरीको मूल्य चार रूपैयाँ, ठूलो दुनाको दुई रूपैयाँ र सानो दुनोको एक रूपैयाँ बजार मूल्य तोकिएको छ।

images
images

रौतहट- हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना-टपरीको माग अत्यधिक बढेको छ।

images
images
images

समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुना-टपरी उत्पादन गर्दै आइरहेको छ। तर, समूहमा आबद्ध भएका महिलाले सालको पात टिपेर पञ्चिङ मेसिनद्वारा उत्पादन गरिएको दुना टपरीको माग थेगिनसक्नु छ।

images
images

हातेमालो सामुदायिक उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले समूहमा आबद्ध भएका महिलालाई उद्यमशीलताको विकास गर्न सालको दुना-टपरीको व्यावसायिक उत्पादन गर्दै आइरहेको बताए। 'यहाँ उत्पादन भएको दुना-टपरीको माग थेगिनसक्नु छ', उनले भने, 'ग्राहक आफैँ समूहको कार्यालयमा आएर लिएर जाने गर्नुहुन्छ। हामीले अझै पनि मागअनुसारको आपूर्ति गर्न सकेका छैनौँ।'

images
images

समूहका अनुसार सालको पातबाट बनाइएको प्रतिटपरीको मूल्य चार रूपैयाँ, ठूलो दुनाको दुई रूपैयाँ र सानो दुनोको एक रूपैयाँ बजार मूल्य तोकिएको छ।

'प्लाष्टिकबाट उत्पादन भएको प्लेटभन्दा सस्तो र धार्मिक दृष्टिकोणले पनि चोखो हुने भएकाले सालको दुना-टपरीको माग अत्यधिक छ', समूहका कार्यालय सचिव लक्ष्मण महतोले भने, 'यहाँ उत्पादन भएको दुना-टपरीको महिला उद्यमीलाई आवश्यक पर्ने सबै खर्च दिएर समूहले पनि मासिक ३० हजार रूपैयाँभन्दा धेरै रकम बचत गर्दै आइरहेको छ।'

समूहले महिला उद्यमीले सालको पात टिपेर र सामान्य खालको टपरी खुटेर ल्याउनेसँग टपरी प्रतिगोटा दुई रूपैयाँमा खरिद गर्ने गर्छ। बिजुलीको महसुल र टपरी बनाउनेलाई ज्याला र अन्य खर्चका लागि भने प्रतिटपरी दुई रूपैयाँ लिँदै आइरहेको छ।

दुना-टपरी बनाउने उपकरण चलाउँदै आइरहेकी लक्ष्मी लामाले आफ्नै गाउँघरमा सानो भए पनि उद्यम गर्न पाएकामा हर्षित भएको बताइन्। 'आफ्नै गाउँघरमा बसेर दैनिक ६ सय आम्दानी गर्दै आइरहेकी छु। यसले पक्कै पनि हाम्रीलाई काम गर्न सहयोग पुर्‍याएको छ', उनले भनिन्, 'समूहमा आबद्ध भएका महिलाले फुर्सदको समयमा सामुदायिक वनबाट सालको पात टिपेर ल्याउनुहुन्छ।'

टपरी बनाउनका लागि सालको पातलाई सामान्य ढंगले खुटेर फलामको डाइमेसिनमा राखेर टपरी वा दुनाको आकार दिने गरिन्छ। समूहले २०८० जेठ १० गतेदेखि व्यावसायिक रूपमा सालको दुना-टपरीको उत्पादन गर्दै आइरहेको छ। यहाँ दैनिक दैनिक ६ सय टपरी र एक हजारको हाराहारीमा सानाठूला दुना उत्पादन हुने गर्छ। रासस


प्रकाशित : मंगलबार, फागुन २७ २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend