आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

विभिन्न मुलुकका भूगर्भविदहरुको सहभागितामा काठमाडौंमा सुरु भयो 'एघारौँ नेपाल भौगर्भिक सम्मेलन'

images
सोमबार, फागुन २६ २०८१
images
विभिन्न मुलुकका भूगर्भविदहरुको सहभागितामा काठमाडौंमा सुरु भयो 'एघारौँ नेपाल भौगर्भिक सम्मेलन'

सम्मेलन मंगलबारसम्म चल्नेछ। उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत भारत, चीन, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, इटाली, पोल्यान्ड, दक्षिण कोरिया, जापान, बंगलादेश र पाकिस्तानका भूगर्भविद्को सहभागी भएका छन्।

images
images

काठमाडौं- आजदेखि काठमाडौंमा एघारौँ नेपाल भौगर्भिक सम्मेलन सुरू भएको छ।

images
images
images

नेपाल भौगर्भिक समाजले आयोजना गरेको सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेसँगै सुरू भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकको भूगर्भविद्हरूबीच भौगर्भिकको सुरक्षा सम्बन्धमा छलफल गरिने जनाइएको छ।

images
images

समाजका अनुसार जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतहरूको उपयोग र भू-जोखिम व्यवस्थापनमा भौगर्भिक विज्ञानको भूमिकालाई उजागर गर्नु, भौगर्भिक विज्ञानका क्षेत्रमा भएका नयाँ अनुसन्धान, प्रविधि र अनुभवहरूको आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

images
images

नेपाल भौगर्भिक समाजका अध्यक्ष चुर्णबहादुर ओलीले जलवायु परिवर्तनका असर, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापनसम्बन्धी ज्ञान आदान-प्रदान गर्न सम्मेलनले सहयोग पुग्ने बताए। 'जलवायु परिवर्तनको असर बढिरहेको छ। यी समस्याहरूको पहिचान तथा समस्या समाधानका लागि जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रम सञ्चालनका लागि सहकार्य हुने तथा ज्ञान आदान-प्रदानमा सहयोग पुग्नेछ,' उनले भने, 'सम्मेलनमा अन्तर्राष्ट्रिय विशेषज्ञता आदान-प्रदान, भौगर्भिकीय अनुसन्धानको प्रवर्द्धन तथा भौगर्भिकशास्त्रका नयाँ उपलब्धिहरू र तिनको प्रयोगसम्बन्धमा छलफल हुनेछ।'

सम्मेलन मंगलबारसम्म चल्नेछ। उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत भारत, चीन, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, इटाली, पोल्यान्ड, दक्षिण कोरिया, जापान, बंगलादेश र पाकिस्तानका भूगर्भविद्को सहभागी भएका छन्।

सम्मेलनका संयोजक प्राध्यापक खुमनारायण पौडेलले सम्मेलनमा हिमालय क्षेत्रको भौगर्भिक विज्ञानबारे एक सयभन्दा बढी अनुसन्धान पत्र प्रस्तुत गरिने र भौगर्भिकीय अध्ययन तथा अनुसन्धानबारे विस्तृत छलफल हुने जानकारी दिए। सम्मेलन प्रत्येक दुई वर्षमा आयोजना हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, फागुन २६ २०८११२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend