बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कामना सेवा विकास बैंकद्वारा २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

सोमबार, फागुन २६ २०८१
कामना सेवा विकास बैंकद्वारा २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

नेपालभित्र रहेका विभिन्न धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको बैंकले जनाएको छ।

काठमाडौं- कामना सेवा विकास बैंकले विसं. २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

नेपालभित्र रहेका विभिन्न धर्मावलम्बीहरुको धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको बैंकले जनाएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्न सकिनेगरी बैंकले क्यूआर कोडसमेत सार्वजनिक गरेको छ। उक्त क्यूआर कोड बैंकको सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गरिएको बैंकले जनाएको छ।

उक्त क्यालेन्डरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिहरुसमेत समावेश गरिएको छ।


प्रकाशित : सोमबार, फागुन २६ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend