आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कामना सेवा विकास बैंकद्वारा धनगढीमा 'बैंकिङ एण्ड बिजनेस कनक्लेभ' सम्पन्न

images
आइतबार, फागुन २५ २०८१
images
कामना सेवा विकास बैंकद्वारा धनगढीमा 'बैंकिङ एण्ड बिजनेस कनक्लेभ' सम्पन्न

व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यले आयोजित कार्यक्रममा धनगढीका करिब १ सय २० भन्दा बढी व्यवसायीहरु सहभागी थिए।

images
images

काठमाडौं- कामना सेवा विकास बैंकले धनगढीमा बैंकिङ एण्ड बिजनेस कनक्लेभ सम्पन्न गरेको छ। कैलाली उद्योग वाणिज्य संघअन्तर्गतका धनगढीस्थित उद्योगी व्यवसायीहरुबीच गएको शुक्रबार बैंकले बैंकिङ एण्ड बिजनेस कनक्लेभ कार्यक्रम सम्पन्न गरेको हो।

images
images
images

पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा धनगढीका करिब १ सय २० भन्दा बढी व्यवसायीहरुले सहभागीता जनाएको बैंकले जनाएको छ।

images
images

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरिशचन्द्र ढकालले आर्थिक स्थायित्व, दिगो विकास र आर्थिक समुन्नतिको लागि दीर्घकाललाई सोचेर नेपाल राष्ट्र बैंकले आफ्ना नीतिनियमहरु तय गर्ने तथा बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिने गरेको बताएका थिए। व्यवसायीहरुका गुनासालाई सम्बोधन गर्दै उपनिर्देशक ढकालले बैंक तथा वित्तीय संस्थाहरुसँगका केही गुनासाहरु भएमा नेपाल राष्ट्र बैंकसमक्ष समेत गुनासा राख्न सकिने बताए।

images
images

एफसीए उमेशराज पाण्डेयले आर्थिक चक्रका हरेक चरणहरुमा बैंक र व्यवसायीहरुबीच फरक मत रहने भए तापनि एक अर्काका परिपुरक समेत भएकोले आर्थिक अनुशासन कायम गरि व्यवसाय सञ्चालन गर्दा बैंक र व्यवसायीहरु विचको सम्बन्ध सुधार हुने बताए।

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले अहिलेको अवस्थामा व्यवसायीहरुसँग छलफल गर्नको लागि बैंकहरुलाई अनुरोध गर्दा नमान्ने गरेको तर कामना सेवा विकास बैंकले यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै कोरोनाको अवस्थाबाट व्यवसायीहरु उठ्न नसकेको हुँदा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीलाई राहत हुने खालका योजनामा जोड दिन अनुरोध गरेका थिए।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीहरुलाई असहज महसुस भए तापनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताउँदै कामना सेवा विकास बैंकले व्यवसायीहरुका पीरमर्का बुझ्दै बैंकको कारोबार अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

उक्त कार्यक्रममा निर्माण व्यवसायी लक्ष्मण स्वार र किशोर ठकुराठी, सुनचाँदी व्यवसायी जगत सिजापती र कमल प्रसाद लामिछाने, यातायात व्यवसायी अनन्त राज जोशी, स्वास्थ्य तथा कृषी व्यवसायी विष्णु वुर्लाकोटी, ग्यास व्यवसायी छवी राज भट्टलगायतले नियमनकारी निकायको कडाइ, कोभिड १९ पश्चातको कर्जा विस्तार, युवा जनशक्तीको विदेश पलायनलगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरु पलायन हुन सक्ने भएकोले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुले सो विषयमा ध्यान दिनुपर्ने बताएका थिए।


प्रकाशित : आइतबार, फागुन २५ २०८११२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend