आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

काष्ठकलाका सामानले पाउन छाड्यो मूल्य, गुजाराकै चिन्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २५ २०८१
images
काष्ठकलाका सामानले पाउन छाड्यो मूल्य, गुजाराकै चिन्ता

स्थानीय काठबाट घर तथा मन्दिरको ढोका, मूर्ति, टुँडाल, आँखीझ्याल, रेलिङ, भक्तपुरे ढोकालगायत विभिन्न काठका सामग्री बनाउने गरिन्छ।

images
images

मोरङ- बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहेका छन्। पछिल्लो समय उनी यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउँछन्। काष्ठकलाले उचित मूल्य पाउन छाडेपछि निरास बन्दै गएको बराइलीले बताए।

images
images
images

हस्तकलाका सामग्री बाहिरबाट आयात गर्दा तथा प्लाष्टिकका सामग्रीको बजारमा बढ्दो कारोबारसँगै घरेलु हस्तकलाको माग घटेको बराइली बताउँछन्। उनका बुबा डिल्लीमान बराइली धातुका विभिन्न मूर्ति तथा बुट्टा कुँद्ने काम गर्थे। उनकै प्रभावले सानै उमेरदेखि आफू पनि यो पेसामा लागेको होमनाथले बताए। 

images
images

'पहिलापहिला हस्तकलाको माग धेरै हुने गरेको र बुबासँगै दाजु झमक पनि सोही पेसामा आबद्ध हुनुहुन्थ्यो, यसैबाट परिवारको गुजारा चलेको थियो', उनले भने।

images
images

स्थानीय काठबाट घर तथा मन्दिरको ढोका, मूर्ति, टुँडाल, आँखीझ्याल, रेलिङ, भक्तपुरे ढोकालगायत विभिन्न काठका सामग्री बनाउने गरिन्छ।

एउटा भक्तपुरे ढोका तयार पार्न कम्तीमा दुई महिना लाग्ने गरेको तर ग्राहकले सीप र समयअनुसारको मूल्य तिर्न नचाहने बराइली बताउँछन्। उनका अनुसार एउटा ढोकाको चौकठ पल्लाको मूल्य एक लाख ५० हजार रुपैयाँ हाराहारी पर्छ ।

'सरकारी निकायका भवन, सार्वजनिक भवन, मठमन्दिरलगायतमा स्थानीय काठमा घरेलु हस्तकलाबाट बनेका सामग्री प्रयोग गर्ने हो भने हाम्रो कला मर्ने थिएन', बराइलीले भने।

आगामी दिनमा यसै पेसालाई निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता बढ्दै गएको बराइली बताउँछन्। प्लाष्टिकजन्य सामग्री आयातमा कमी गर्ने हो भने स्वदेशी घरेलु हस्तकलाले मूल्य पाउने बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बताए। रासस


प्रकाशित : आइतबार, फागुन २५ २०८१११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend