आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

भूकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुनःनिर्माण सुरु भएको छ : गृहमन्त्री लेखक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २३ २०८१
images
भूकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुनःनिर्माण सुरु भएको छ : गृहमन्त्री लेखक

निजी आवास पुनःनिर्माण कार्यमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको भन्दै स्थानीय तहले जति चाँडै लाभग्राही पहिचान तथा छनोट गरी सिफारीस गर्‍यो त्यति चाँडो पुनःनिर्माण कार्य सुरु हुने गृहमन्त्रीले बताए।

images
images

बझाङ- गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुनःनिर्माण कार्य सुरु भएको बताएका छन्। 

images
images
images

बझाङमा भूकम्पीय पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालय उद्घाटनमा गर्दै आज उनले भूकम्पले प्रभावित भएका जिल्लामा पुनःनिर्माणका लागि मापदण्ड, नियमावलीसँगै आवश्यक बजेटको व्यवस्था गरी जिल्ला कार्यालयबाटै निर्माण कार्यको थालनी भएको बताए।

images
images

'निजी आवास पुनःनिर्माणको कार्यसँगै सरकारी भवनको पुनःनिर्माणका लागि कार्यान्वयन इकाइले नै समन्वय गर्नेछ', गृहमन्त्री लेखकले भने। 

images
images

उनले निजी आवास पुनःनिर्माण कार्यमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको भन्दै स्थानीय तहले जति चाँडै लाभग्राही पहिचान तथा छनोट गरी सिफारीस गर्‍यो त्यति चाँडो पुनःनिर्माण कार्य सुरु हुने बताए। 

गृहमन्त्री लेखकले भूकम्पलगायत विपद् प्रभावितको पुनःस्थापना सरकारको प्राथमिकतामा रहेको र विकासका सवालमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। रासस


प्रकाशित : शुक्रबार, फागुन २३ २०८११७:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend