काठमाडौं- स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते एकै चरणमा हुने भएकाे छ। सरकार र निर्वाचन आयोगबीच भएकाे छलफलमा एकै चरणमा जेठ ४ गते स्थानीय चुनाव गर्ने सहमति भएकाे हाे।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयाेगबीच छलफलपछि मिति टुंगाे लागेकाे हाे।
प्रधानमन्त्री देउवाले बालुवाटारमा आयोगका पदाधिकारीलाई बोलाएर स्थानीय तहको निर्वाचन मितिबारे छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्नुपर्ने बताए। सरकारले अब मन्त्रिपरिषदबाट मिति घाेषणा गर्नेछ।