आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै, एक अर्ब रुपैयाँ लगानी थप

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २२ २०८१
images
वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै,  एक अर्ब रुपैयाँ लगानी थप

गत आर्थिक वर्षमा १ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरको कारोबार गरेको कम्पनीको चालु आवमा १ अर्ब ४० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको छ।

images
images

पर्सा- वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा एक अर्ब रुपैयाँ लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ। 

images
images
images

कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए।

images
images

उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उनले बताए। 

images
images

'कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ', उनले भने। 

कम्पनीमा हाल ३ सय ५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। गत आर्थिक वर्षमा १ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरको कारोबार गरेको कम्पनीको चालु आवमा १ अर्ब ४० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको छ। रासस


प्रकाशित : बिहीबार , फागुन २२ २०८११०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend