आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

देशलाई समृद्ध बनाउने मुख्य क्षेत्र ऊर्जा र जलस्रोत : दीपक खड्का

images
बुधबार, फागुन २१ २०८१
images
देशलाई समृद्ध बनाउने मुख्य क्षेत्र ऊर्जा र जलस्रोत : दीपक खड्का

उनले भने, 'वर्तमान सरकार समृद्धिको बाटोमा लागिसकेको छ, ऊर्जा र जलस्रोतको उपयोग गर्दै देशलाई दीर्घकालीन समृद्ध बनाउने लक्ष्यमा छौँ।'

images
images
तनहुँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशलाई समृद्ध बनाउने बाटोमा सरकार लागिपरेको बताएका छन्।
 
तनहुँको भानु नगरपालिका-१ डुम्रे भन्सार बजारमा आजदेखि सञ्चालित चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८१ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई समृद्ध बनाउने मुख्य बाटो नै ऊर्जा र जलस्रोत रहेको बताएका हुन्।
 
उनले भने, 'वर्तमान सरकार समृद्धिको बाटोमा लागिसकेको छ, ऊर्जा र जलस्रोतको उपयोग गर्दै देशलाई दीर्घकालीन समृद्ध बनाउने लक्ष्यमा छौँ।'
 
उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार दीर्घकालीन समृद्धितर्फ लागिसकेको बताए। मन्त्री खड्काले सुस्ताएको व्यापारलाई चलायमान बनाउन व्यापारिक मेला, महोत्सवले मुलुकलाई समृद्ध बनाउन टेवा पुग्ने बताए।
 
'ऊर्जा र जलस्रोतको माध्यमबाट मात्रै देशलाई दीर्घकालीन समृद्ध बनाउन सम्भव छ', उनले भने, 'समृद्धिको यात्राका लागि भरपर्दो र विश्वासिलो सरकार आवश्यकता थियो, अस्थिर सरकारका कारण व्यापारिक गतिविधि नै अलमलमा थियो, दुई ठूला राजनीतिक दलको समन्वयले देशलाई समृद्ध बनाउने छौँ।'
 
स्थानीय पर्यटकीय तथा व्यापारिक क्षेत्रको प्रचारप्रचार र प्रवर्द्धनका लागि यस्ता मेला, महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ।
 
कार्यक्रममा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले सुस्ताएको व्यापारलाई चलायमान बनाउन यस्ता मेला, महोत्सवले सहयोग पुगेको बताए। रासस


प्रकाशित : बुधबार, फागुन २१ २०८११४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend