बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

आईएमई समूहले महोत्तरीमा पेपर उद्योग र रौतहटमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन गर्दै, तीन अर्ब रुपैयाँ लगानी

images
बुधबार, फागुन २१ २०८१
images
images
आईएमई समूहले महोत्तरीमा पेपर उद्योग र रौतहटमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन गर्दै, तीन अर्ब रुपैयाँ लगानी

रौतहटको विजयपुर फतवामा एक अर्ब रुपैयाँ लगानीमा स्थापित ‘एभरेस्ट फाइबर बोर्ड’ उद्योग बैशाखदेखि सञ्चालनमा आउने आईएमई समूहले जनाएको छ।

images
images

काठमाडौं- आईएमई समूह उत्पादनमूलक उद्योगमा प्रवेश गरेको छ। महोत्तरीको गौशालामा पेपर र रौतहटमा सिमेन्ट फाइबर बोर्ड उद्योग स्थापना गरेर आईएमई समूह उत्पादनमूलक उद्योगमा पनि प्रवेश गरेको हो।

images
images

महोत्तरीमा दुई अर्ब रुपैयाँ लगानीमा स्थापना गरिएको नेपाल पल्स एन्ड पेपर इन्डस्ट्रिज उद्‍घाटनको तयारीमा छ। पेपर उद्योगको दैनिक उत्पादन क्षमता ७० टन रहेको जनाइएको छ। 

images
images

यस्तै रौतहटको विजयपुर फतवामा एक अर्ब रुपैयाँ लगानीमा स्थापित ‘एभरेस्ट फाइबर बोर्ड’ उद्योग बैशाखदेखि सञ्चालनमा आउने आईएमई समूहले जनाएको छ। 

images
images

फाइबर बोर्डको उत्पादन क्षमता दैनिक ७० हजारदेखि एक लाख वर्गफिट रहेको छ। अहिले उद्योगमा चिनियाँ लेटेस्ट प्रविधिको मेसिन जडान र ड्राइ परीक्षणको काम चलिरहेको छ। उद्योगको उत्पादनमा करिब ५० प्रतिशत सिमेन्ट र अरू ५० प्रतिशत फाइबरलगायत अन्य कच्चा पदार्थ प्रयोग हुनेछ।  


प्रकाशित : बुधबार, फागुन २१ २०८११४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend